धरान: लायन्सको डिस्ट्रिक ३२५ सि को धरानमा पहिलो पटक बार्षिक महाधिवेन हुने भएको छ । 

आयोजक कमिटीले बुधबार चौठो रेष्टुरेष्टमा पत्रकार सम्मेलन गर्दे जेठ १२ गते किरात याक्थुङ चुम्लुङको भवनमा हुने जानकारी दिएको छ । डिस्ट्रिक ३२५ सि अन्तरगत कोशी प्रदेशको १० वटा जिल्लाहरु रहेको छ । साथै, करिब १६० वटा क्लबहरु छन् भने ४ हजार सदस्यहरु पनि रहेको डिस्ट्रिक गर्भनर लायन धिरज गुरुङले जानकारी दिए । नेपालमा लायन्स स्थापनाको ५२ बर्षको इतिहासमा धरानमा पहिलो पटक ऐतिहासिक महाधिवेशन हुन लागेको पनि गुरुङले बताए । उनी धरानको ३८ बर्षे लायन्सको इतिहासमा पहिलो डिस्ट्रिक गर्भनर पनि हुन् ।

महाधिवेशनमा ७ सयको हाराहारीमा प्रतिनिधि तथा अतिथिहरु सहभागी हुनेछन् । महाधिवेशनको क्रममा चुम्लुङ भवनदेखि शान्ति र्याली आयोजना हुनेछ, र विभिन्न चोकहरु परिक्रमा गर्दै पुनः चुम्लुङ भवनमा पुग्नेछ । महाधिवेशनमा प्रमुख अतिथिकोरपमा पास्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान आउनेछन् । अतिथिहरुलाई चाहना अनुसार धरान र भेडेटारको पर्यटकीयस्थलहरुमा पनि भ्रमण गराउने र पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने डिस्ट्रिक गर्भनर गुरुङले बताए । 

पहिलो डिस्ट्रिक गर्भनर हुदा एल.सि.आई.एफ.बाट करिब १ करोड ७० लाख प्राप्त भएको र लायन्स सत्य साई स्कुल धरान १३ मा भवन निर्माण सम्पन्न हुने चरणमा पुगेको पनि गुरुङले बताए । यस्तै, लायन्स क्लबहरुमार्फत बहिरा, दृष्टिविहिनहरुलाई कान सुन्ने मेशिन, सेतो छडी वितरण, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई कपी वितरणलगायत सामाजिक कार्य पनि भइरहेको उनले बताए । लायन्सको छुट्टै ब्लड बैंक किर्तिपुरमा स्थापना भएको र चाडै धरानलगायत क्षेत्रहरुमा पनि शाखा विस्तार गरिने उनले बताए । 

भिडियो: