धरान: धरान ९ स्थित विष्णु मेमोरियल स्कुलको विष्णु स्काउट दलको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

विद्यालयमा आयोजित दिक्षान्त समारोह २०८० कार्यक्रममा ४४ जना स्काउट विद्यार्थीहरु दिक्षित भएका छन् । ती मध्ये ८ जना ब्वाय स्काउट्स र १४ जना गर्ल स्काउट्सले सदस्यता ब्याज तथा स्कार्फ प्राप्त गरेका छन् ।

यस्तै, दोस्रो तहको विपि ब्याज र हाइक ब्याज प्राप्त गर्ने स्काउट्स ब्वायतर्फ १२ जना र गर्लतर्फ १० जना रहेका छन् । विद्यालयका सहायक प्रअ कृष्णप्रसाद पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल स्काउट सुनसरीका समन्वय आयुक्त लक्ष्मण राई रहेका थिए । 

bishnu1