धरानः धरान १ शिखर चोकमा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।

शनिबार वडा १ स्थित शिखर युवा समाजको रक्तदानमा कार्यक्रममा २१ जनाले रक्तदान गरेका हुन् । ‘रक्तदान नै जीवनदान हो’ भन्ने मुलनाराका साथ रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष युनेश राना मगरले जानकारी दिए । उनका अनुसार धरानमा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतीष्ठान जस्तो प्रतिष्ठित अस्पतालमा  विरामीहरुलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष राना मगरले बताए ।

रक्तदानमा युवाहरूको सहभागिता महत्वपूर्ण हुने भएकोले शिखर युवा समाजले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आईरहेको पनि अध्यक्ष राना मगरले जानकारी दिए । उक्त कार्यक्रममा रेडक्रसका सभापति उमेश थापा, निवर्तमान नगर प्रमुख तिलक राई, सस्थाका सल्लाहकार श्याम पोख्रेल, १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्ले, वडा सदस्य रिता शुन्दास लगायतको उपस्थिति रहेको थियो ।

blood1