बेलायत: किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको महान् चाड साकेला उभौली धिरिनाम (ईस्वी संवत् २०२४/यले सम्बत ५०८४/ विक्रम सम्बत २०८१) भव्यरूपमा मनाएको छ । 

किरात राई हाउस ग्याम्बल लेनमा आइतबार वृहत सांस्कृतिक समारोहको आयोजना गरी धूमधामका साथ साकेला मनाएको हो। उक्त कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपालले कार्यक्रमको अध्यक्षता गरेका थिए भने किराया बेलायतका अध्यक्ष रि.मेजर योगेश कोयी राईको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पुमा, बान्तवा लगायत अन्य विभिन्न भाषिक संस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई महासचिव राजेन रामजङ राईले संचालन गरेका थिए ।

uk sakela1

बर्षेनी पित्री, प्रकृती र हुईलुङ पुजा गर्दै विभिन्न प्रकारको सिल्लि टिप्दै साकेला नाचिन्छ । कार्यक्रममा सम्पुर्ण वैतुङ दाजुभाई, दिदीबहिनी, छोरीचेली, जुवाई चेलाहरु लगायत सबै पाछाको पाछागत उपस्थिति रहेको अध्यक्ष चन्द्र जयपालले जानकारी दिए । सिलीहरूको जगेर्ना गर्नको लागि मछामा (साय) सिली , पारूहॉङ् (खुट्टे) सिली , नाईमा (हाते) सिली , खासिमा (झींगा) सिली , वापारवामा (भालेरपोथी) सिली, तावा (मयूर( सिली, कावा (गंगटा( सिली, काछुपा (बॉदर) सिली, बेसारा सिली, सिकीरसिप (तान बुन्ने) सिली, चासुम (अन्नपात) सिलीहरूमा धित मरुन्जेल नाचेर व्यवहारिक रुपमा नयॉ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास रहेको किरात राई चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष जयपालले बताए ।