धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले एसईईमा परीक्षामा उतीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । 

विद्यालयले एक कार्यक्रम आयोजना गरि एसईईमा उतीर्ण १४२ जना परीक्षार्थी विद्यार्थीहरुलाई सम्मान गरेको हो । सोही अवसरमा विद्यालयका संस्थापक अध्यक्ष बेनिन्द्र कटवालले चालु शैक्षिक सत्रदेखि एसईई परीक्षाको नतिजामा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद १ लाख रुपैयासहित सम्मान गर्ने घोषणा पनि गरे । 

सम्मान कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष बेनिन्द्र कटवालले ४ जिपिए ल्याउने छात्रालाई सम्मान गर्ने घोषणा गरेका हुन् । एसईई परीक्षामा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई एक लाख नगदसहित सम्मान गरिने घोषणा गरेका हुन् ।

bishnu1

हाल एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको मनोवल उच्च बनाउन विद्यालयले ४ जिपिए ल्याउनेलाई एक लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको पनि कटवालको भनाई थियो । हालै सार्वजनिक भएको एसईई परीक्षा २०८० को नतिजामा पनि विष्णु स्कुलकी छात्रा गृष्मा लुईटेलले ४ जिपिए ल्याएर उतीर्ण भएकी छिन् । विद्यालयले उनलाई पनि नगद १ लाख रुपैयासहित सम्मान गर्ने जनाएको छ। 

‘एसइईको तयारीमा रहेका विद्यार्थीहरुको मनोबल उच्च बनाउन यो निर्णय गरिएको हो’, संस्थापक अध्यक्ष कटवालले भने, ‘यसपछिको परीक्षा र हालै एसईईमा ४ जीपीए ल्याउनेलाई पनि अझै मेहनती र लगनशील बनाउन यो निर्णयले उर्जा मिल्नेछ भन्ने विश्वास छ ।’

bishnu2

विद्यालयले एसईई उत्तीर्ण विद्यार्थीलाई अभिभावककै उपस्थितिमा सम्मान गरेको थियो। संस्थापक अध्यक्ष कटवाल, प्रिन्सिपल निलमकुमार श्रेष्ठ र शिक्षकहरुलाई अभिभावकहरुले समेत सम्मान गरेका थिए । देशभरबाट १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएर एसईई उतीर्ण गरेका छन् । त्यसमध्ये सुनसरीका २ जना मात्र छन् । धरानबाट ४ जिपिए ल्याउने विष्णुकी एक मात्र छात्रा हुन् । 

विष्णु स्कुलबाट १४२ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ३.६१–४.०० जीपीए (ए प्लस)सहित ९० जना, ३.२१–३.६ जीपीए (ए) सहित ४५ जना र २.८१–३.२ जीपीए (बि प्लस)सहित ६ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । 

विष्णु स्कुलले २०५९ सालदेखि एसएलसीमा सहभागी भएको थियो । एसईईसम्म आइपुग्दा पहिलोपटक उत्कृष्ट नतिजा ल्याएको संस्थापक अध्यक्ष कट्वालले जानकारी दिए। उनले दक्ष शिक्षक–शिक्षिकाको समर्पण, परिश्रमी विद्यार्थी र अभिभावकको सहयोगले सर्वोत्कृष्ट नतिजा निकाल्न सम्भव भएको बताए।

bishnu3

bishnu4