धरान:  समाजिक सेवामा समर्पित संस्था रोटरी क्लव अफ घोपाले धरानमा वृक्षरोपण गरेको छ । 

धरान १४ स्थित नारायणपुरमा रहेको संस्कृत विद्यालय र पिण्डेश्वर विद्यापिठ हाताभित्र रोटरीले वृक्षरोपण गरेको हो । क्लवले नारायणपुरमा रहेको पिण्डेश्वर विद्यालय र पिण्डेश्वर विद्यापिठमा विभिन्न फलफुलका विरुवा रोपेको हो । पिण्डेश्वर विद्यालय र पिद्यापिठ परिसरमा विभिन्न फलफुलका २ सय विरुवा रोपिएको हो । क्लवले लिचि, एभोकाडो, चिउरी, जामुन लगायतका फलफुलका विरुवा रोपिएको अध्यक्ष गौरवमान श्रेष्ठले जानकारी दिए । 

rotary

जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रम गरिएको कार्यक्रमका संयोजक प्रदिप कुमार श्रेष्ठले जानकारीदिए । बिषेश गरि पिद्यापिठ र विद्यालय दुवै आवासिय भएकोले यहाँ अध्ययन गर्ने तथा होस्टेलमा वस्ने विद्यार्थीहरुलाई लक्षित गरी फलफुलको विरुवा रोपेको संयोजक श्रेष्ठले वताए । वृक्षरोेपण कार्यक्रममा प्राध्यापक डाक्टर चन्द्रमणि नेपाल, कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ, क्लवका पदाधिकारी सदस्य लगायतको सहभागिता रहेको थियो ।