विराटनगर: प्रहरीले झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । 

धरान उपमहानगरपालिका १५ की जोनु राईलाई प्रहरीले ट्रामाडोल १२० क्याप्सुल र कोलिवान १४० ट्याब्लेटसहित पक्राउ गरेको छ । यस्तै, इलाका प्रहरी कार्यालय चतराको टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका २ बाट बा.५६ प.६९३५ नम्बरको स्कुटर चालकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । भोजपुर हतुवागडी गाउँपालिका ९ घर भई हाल बराहक्षेत्रमा बस्दै आएका ३३ बर्षीय कृष्ण कुमार राईलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यसैगरि, मंगलबार झापाको झापा गाँउपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले रोकी राखेको को.३२ प. ८९७४ नम्बरको मोटरसाईकल र ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक १२ का २६ बर्षीय मनिस थापा, २२ बर्षीय रिकाश बस्नेत र १९ बर्षीय रोमित कट्वाल रहेका छन् । उनीहरुलाई शंका लगि चेकजाँच गर्दा २ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर वरामद भएपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

यस्तै, मोरङको विराटनगर १७ बाट बा.९८ प ४६ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका ३ का ३२ बर्षीय मनोज कटुवाल र मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय अम्बिर यक्सो लिम्बुलाई ३ ग्राम ५८ मिलिग्राम ब्राउन सगुरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।