धरान: धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा बिहिबार निःशुल्क आँखा जाँच उपचार शिविर आयोजना भएको छ ।

किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमिति र धरान ८ धनकुटे रोडस्थित खुशी आँखा हस्पिटल प्रालिको सहकार्यमा उक्त उपचार शिविर भएको हो । शिविरमा कुल ८४ जनाले उपचार सेवा पाएको यायोक्खा जिल्ला अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । साकेला पार्कमा हुने श्रमदान लगायत विभिन्न काममा स्थानीयबासीले सहयोग गर्ने भएकोले स्वास्थ्य उपचार सेवा दिनको लागि आँखा उपचार शिविर आयोजना गरिएको अध्यक्ष राईले बताए । 

शिविरमा आँखा परीक्षणसँगै हस्पिटलबाट निःशुल्क औषधी पनि विरतण भएको थियो । जाँच गर्दा कतिपयमा मातियाविन्दु र आँखाको पावरको समस्या देखिएको र आवश्यक पर्नेलाई औषधी पनि दिइएको खुशी हस्पिटलका निर्देशक सुरेश राईले जानकारी दिए । 

भिडियो: