धरान: शिसम मेडिकल प्रालिले आफ्नो तेस्रो शाखाको रुपमा फार्मेसी सन्चालनमा ल्याएको छ । 

प्रालिले आज एक कार्यक्रमको आयोजना गरी धरान २ स्थित महेन्द्र पथ(बराह भवन नजिक) फार्मेसी सन्चालनमा ल्याएको हो । उक्त फार्मेसिको दिक्तेल टेक्निकल ईन्स्टिच्युटका निर्देशक सिताराम राईसहित दिल कुमार गहतराज, टंका कुमारी गहतराज र कल्पना राईले केक काटेर सयुक्त रुपमा उद्घाटन गरेका थिए । ३० लाखको लागतमा शिव राई र प्रकाश गहतराजले संयुक्त रुपमा फार्मेसि सन्चालनमा ल्याएका हुन ।

फार्मेसिमा साधारण बिरामी चेकजाच, औषधी बिक्री र ल्याब सम्बन्धीका सम्पूर्ण सेवाहरु प्रदान गरिने संचालक मध्येका शिव राइले बताए । उनका अनुसार फार्मेसिमा सबै प्रकारका औषधी पाइने र बिहान ६ बजेदेखी राती १० बजेसम्म खुल्ला रहने छ । सहज रुपमा सेवा प्रदान गर्नको लागि ४ जना दक्ष फार्मासिस्टरहरु रहेको संचालक राईले बताए ।

पहाडी भेगसम्मका सेवाग्राहीहरुलाई लक्षित गरी मुख्य ब्यापारीक केन्द्र भानुचोक एरियामा फार्मेसि सन्चालनमा ल्याएको उनको भनाइ छ । प्रालिले भबिस्यमा पोलिक्लिनिक र हस्पिटल नै सन्चालन गर्ने जनाएको छ । प्रालिले धरान-१२ स्थित महेन्द्र पथ र धरान-१६ मा फार्मेसि सन्चालन गर्दै आइरहेको छ ।