धरान: लैङ्गिक हिसा विरुद्ध १६ दिने अभियानको अवसरमा महिला संजाल धरान उपमहानगर समितिले एक दिने अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ । 

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्व व्यापि रूपमा १६ दिने अभियान सञ्चालन भईरहेकोछ। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना भई रहेको छ । 

यसै सन्दर्भमा महिला संजालले लैङ्गकि हिंसा तथा लागू औषध विरुद्ध जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । सो अनुशिक्षणमा लैंगिक हिंसा विरुद्ध प्रशिक्षणका प्रशिक्षक नेपाल प्रदेश प्रहरी कार्यालका एसएसपी जयराम सापकोटा थिए । साथै लागूऔषध विरुद्ध प्रशिक्षणका प्रशिक्षक आसारा सुधार केन्द्रका मनोपरामर्शदाता टिकाराम सिग्देल थिए ।

कार्यक्रममा संजालमा आवद्व संस्थाहरुको ६० जना सहभागी रहेका थिए । कार्यक्रमको प्रमुख अतिथि वडा १३ का अध्यक्ष नेत्र काफ्लेले महिलाहरु आफ्नो कामका लागि सरकरी र गैरसरकारी निकायहरुमा पँहुच आफैले पुराउनुपर्छ भन्नेमा जोडदिए । संजालका अध्यक्ष सपना राईले महिलाहरु आर्थिक रुपमा सशक्त हुनुपर्नेमा जोड दिइन् । कार्यक्रमकामा स्वागत मन्तवय उपाध्यक्ष सावित्री ईवारमले दिएका थिए भने कार्यक्रम संचालन सचिव ईन्द्रकला राईले गरेकी थिइन् ।