धरान: धरान १७ स्थित साकेला थानमा लागुऔषध कारोबार गरिरहेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । 

आज बिहान करिब ११ बजेर ५० मिनेटमा बिशेष सुचनाको आधारमा प्रहरी चौकी रेल्वेको टोलीले धरान १० का २४ बर्षीय अंकित राई र वडा ६ का २१ बर्षीय भरत मगरलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागूऔषध ट्रामाडोल ७६० क्याप्सुल र डिकोलिक ८ सय ट्याब्लेट वरामद भएको पनि प्रहरीले जनाएको छ । उनीहरुलाई लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जनाएको छ ।