धरान: याक्थुङ युवा मञ्च सुनसरीको आयोजनामा २ दिने फुटसल प्रतियोगिता हुने भएको छ ।
मञ्चले शुक्रबार पत्रकार सम्मेलन गर्दै भदौ २६ र २७, गते धरान सिटि फुटसल ९पुरानो बुढासुब्बा फुटसल०मा प्रतियोगिता गर्ने जानकारी दिएको हो । मञ्चका अध्यक्ष विष्णु तिगेलाले प्रतियोगितामा आयोजकको २ टिम सहित ३० वटा टिम सहभागी हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा धरान, इटहरी, खोर्साने, धनकुटाबाट टिम सहभागी हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी र मेडल हात पाउनेछ भने उपविजेताले नगद २५ हजार, ट्रफी र मेडल पुरस्कर पाउनेछ । यस्तै, हाई स्कोर, बेष्ट गोलकिपर र बेष्ट प्लेयरको पुरस्कर पनि दिइने अध्यक्ष तिगेलाले जानकारी दिए । आयोजकले बाल वा बृद्ध आश्रममा सहयोग गर्ने सोच रहेको पनि उनले बताए ।