मोरङ: विराटनगर महानगरपालिका १७ बाट स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

असोज ७ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङको प्रहरी टोलीले विराटनगर १८ का ४१ बर्षीय बिरेन्द्र साहलाई स्रोत नखुलेको १५ लाख ५० हजार नेपाली रुपैयासहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाईकलमा आउदै गरेका साहलाई चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।