धरान: दोस्रो धरान वडास्तरीय महिला नकआउट रनिङ फुटबल प्रतियोगिता शुरु भएको छ । 

धरान १६ स्थित रंगशालामा बिहिबार भएको उद्घाटन खेलमा साविक विजेता वडा न. १७ ले जित हात पार्दै प्रतियोगितामा विजयी यात्रा शुरुवात गरेको छ । साविक विजेता वडा १७ ले आयोजक वडा नं १६ लाई १–० को झिनो गोलअन्तरले पराजित गर्यो । खेलमा एक मात्र निर्णायक गोल वडा १७ की सुनिता राईले पहिलो हाफको १४ औं मिनेटमा गरिन् ।

त्यसपछि खेलअवधिभर दुवै टिमबाट थप गोल हुन सकेन । उक्त खेलको प्लेयर अफ दि म्याच वडा नं १६ की प्रमिला जिमी घोषित भइन् । उनले नगद १५ सय र मेडल हात परिन् ।

womens football5

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रजिअ घिमिरे धरानले इतिहासमा राम्रा खेलाडीहरु जन्माएको स्मरण गर्दै प्रतियोगिताले उत्कृष्ट खेलाडीहरु जन्माउन मद्दत पुर्याउने बताए । प्रतियोगिताले महिलाहरु हरेक क्षेत्रमा सक्षम छन् भन्ने प्रमाणित गर्ने पनि प्रजिअ घिमिरेको भनाई थियो । 

बिशिष्ट अतिथि एवं एन्फा कोशी प्रदेश अध्यक्ष किसोर राईले खेलकुद गतिविधिहरुमा वडा कार्यालय र जनप्रतिनिधिहरुले गरेको सहयोगको प्रशंसा गरे । साथै उनले रंगशालाको भिआइपि प्याराफिटलाई पुर्णता दिनुपर्ने आवश्यकता रहेको पनि बताए । 

भिडियो:

प्रतियोगितामा शुक्रबार २ वटा खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल दिउँसो १ बजे वडा ३ र वडा १४ बीच हुनेछ भने दोस्रो खेल वडा २० र वडा ५ बीच दिउँसो ३ बजे हुनेछ । प्रतियोगिताको संयोजन वडा नं १६ ले गरेको हो भने आयोजना जनपथ जागरण समाजले गरेको हो । 

प्रतियोगिता विजेताले नगद ९० हजार र ट्रफी हात पार्नेछ भने उपविजेताले ४५ हजार नगद पुरस्कार पाउनेछ । यस्तै, व्यक्तिगत विधातर्फ पनि खेलाडीलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ । 

womens football1

womens football3

womens football4

womens football2