धरान: याक्थुङ फिल्म्सको व्यानरमा निर्माण गरिएको चलचित्र “सेमिफुङ” याक्थुङ मुन्चइत चौक सराङ हङकङको आयोजनामा हङकङमा प्रदर्शन हुने भएको छ । 

निर्देशक रणविर लिम्वु शेर्मा द्धारा निर्देशित लिम्वु समुदायहरुको मौलिक संस्कार संस्कृतिमा आधारीत चलचित्र सेमिफुङमा निर्माता समेत रहेका वविन आङदाम्वे, चन्दा थेगिम, सतिका सुव्वा, सिडि वेघा, निर्मला देवान, संगिता लावति, त्रिभुवन लुङफुङा लगायतको मुख्य अभिनय रहेको छ ।  हङकङ स्थित याउ मा तेइ कम्युनिटि हलमा फेव्रुअरी १ तारीखमा चलचित्र प्रदर्शन हुन लागेको हो । चलचित्रमा लिम्वु समुदायको संस्कार, संस्कृति र रितिरिवाजमा आधुनिकतावाद र विभेदले पारेको असर वारे देखाइएको सेमिफुङका कलाकार संगिता लावतिले वताइन ।

 नेपाली खस र लिम्वु भाषा दुवैमा रहेको चलचित्र “सेमिफुङ”को अर्थ उज्यालो फूल रहेको वताइन । लिम्वु समुदायको संस्कार संस्कृतिको पर्वद्धनका लागि विदेशको विभिन्न शहरहरुमा प्रदर्शन गरिने उनले वताइन । हङकङमा यो पहिलो प्रदर्शन हुन लागेको हो । हङकङ पछि युके, दक्षिण कोरिया लगायत देशहरुमा प्रर्दशनको तयारी रहेको लावतिले वताउछिन । 

वविन आङदेम्वे र शेरवहादुर पतङवाको निर्माणमा वनेको चलचित्र सेमिफुङमा पटकथा र संवाद राज थापा काउचाको रहेको छ । विक्रम डिसि, भोगेन्द्र याम्फु, सन्देश मोथे र सुमन तामाङको छायांकन रहेको “सेमिफुङ” इलाम जिल्लाको माङसेवुङमा छायांकन गरिएको छ । चलचित्रमा गायक डिल्लि फोम्वुो र अशोक लोहोरुङो संगित रहेको छ । चलचित्रको लगानि करिव ५५ लाख रुपैया रहेको निर्माण पक्षले जनाएको छ ।