धरान: २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा पाहुना टोली लालीगुँरास एशोसिएन पोखरासँग आयोजक धरान फुटबल क्लब टाइब्रेकरमा पराजित भएको छ ।
धरान रंगशालामा सोमबार भएको क्वार्टरफाइनलमा पोखरासँग टाइब्रेकरमा ५–४ ले धरान स्तब्ध भएको हो । जितसँगै पोखरा प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त समयमा पनि निर्णायक गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पोखराका राम थापा, टिकाराज गुरुङ, सुदिप गुरुङ, अब्दुल युसुफ र आशिष गुरुङको प्रहार गोलमा परिणत भएको थियो ।

धरानका विवेक राई, सविन राई, प्रज्वल थापा र नगेन राईको प्रहार गोलमा परिणत हुँदा क्याप्टेन दोर्जे तामाङको अन्तिम प्रहार पोखराका गोलकिपर कुम्बा देउवाले रोकेका थिए । खेलको म्यान अफ दि म्याच देउवा नै घोषित हुदै नगद १० हजार र मेडल पाए । उनलाई सशस्त्र प्रहरीका पुर्वआइजिपी दोर्जकुमार राईले पुरस्कार प्रदान गरेका थिए । भोली (मंगलबार) को अन्तिम क्वार्टरफाइनल खेल झापा ११ र सातदोबाटो युथ क्लब ललितपुरबीच हुनेछ ।
भिडियो:
भिडियो:







