धरान: धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)सहित सबै जनप्रतिनिधिहरुको आज सपथ ग्रहण गरिने भएको छ । धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार शुरुमा मेयर साम्पाङको सपथ ग्रहण कार्यक्रम इनरुवामा हुनेछ । मेयरलाई सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधिश तथा प्रमुख निर्वाचन अधिकृत कैलाश सुवेदील ...
धरान: धरान उपमहानगरपालिकाको मेयरमा निवार्चित हर्कराज राई (साम्पाङ)ले आफ्नो पहिलो प्राथमिकता खानेपानी समस्या हल गर्ने रहेको बताएका छन् । मेयरमा निवार्चित भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै मेयर राईले खानेपानी आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । उनले खानेपानीमा भइरहेको चुवाहट, मर्मतसम्भारमा भए ...
धरान: धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ) निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै प्रमुखमा निवार्चित भएका छन् । उनले २० हजार ८२१ मत प्राप्त गरेका छन् । ...
धरान: धरानको वडा नं १६ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाअध्यक्षमा कांग्रेसका उम्मेद्वार मुरारी भट्टराईले एमालेको उम्मेद्वारलाई ३२६ मतान्तरले हराउदै निवार्चित भएका छन् । भट्टराईले २०४४ मत प्राप्त गरेका छन् । पराजित एमालेका उम्मेद्वार हिमाल कार्कीले १७१८ मत प्राप्त गरेका छन् । वडामा ...
धरान: धरानको मेयर हुने सुनिश्चित भइसकेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले आफ्नो नभै जनताको जित भएको बताएका छन् । उनले धरानलाई सुशासन र विकाससँग जोड्ने पनि धारणा व्यक्त गरे । सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उनले फरक पार्टी भयो भन्दैमा झगडा गर्न जाने नभै धरानको हित चाहने व्यक्ति नै जनताबाट चुनिएर आ ...
धरान: धरानको मेयरमा हर्कराज राई (साम्पाङ) जित सुनिश्चित भएको छ । अब धरानको मत ४६ सय हाराहारीमा गणना गर्न बाँकी छ । तर, उनले गठबन्धनका उम्मेद्वार किशोर राईभन्दा ४१५९ मतले अग्रता लिएका छन् । बाँकी रहेको मत राईलाई मात्र जाने सम्भावना छैन । त्यसैले मेयरमा साम्पाङको जित निश्चित जस्तै भइसकेको छ । एम ...
धरान: धरानको वडा नं १५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेबाट वडाअध्यक्षमा नरेश इवारम ३६०८ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले आफ्नो निकटतम प्रतिद्धन्दी गठबन्धनका सुवास खवासलाई २४२६ को फराकिलो अन्तरले पराजित गरे । खवासले ११८२ मत प्राप्त गरेका छन् । वडाअध्यक्ष इवारम दोस्रो पटक नि ...
धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १६ हजार मत कटाएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँझ ६ बजेसम्म ५० हजार १०९ मत गणना भएको छ । उक्त मत गणना हुँदा साम्पाङले १६ हजार २६ मत प्राप्त गरेका छन् । उनी गठबन्धनका मेयर उम्मेद्वार किशोर राईभन्दा २८४४ मतले अगाडि छन् । गठबन्धनका ...
धरान: धरानको वडा नं २० को पुनः मतगणना पछि निवार्चित जनप्रतिनिधिहरुको नाम घोषणा गरिएको छ । वडा २० को अध्यक्षमा पदमबहादुर लिम्बुले ६०४ मत प्राप्त गरेर वडाअध्यक्षमा निवार्चित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका विजय लामा तामाङले ५९६ मत प्राप्त गरेका छन् । एमालेका वडाअध्यक् ...
धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १५ हजार मत कटाएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १२ बजेसम्म ४७ हजार ९५ मतगणना हुँदा साम्पाङले १५ हजार ७७ मत प्राप्त गरेका छन् । उनी गठबन्धनका मेयर उम्मेद्वार किशोर राईभन्दा २६६७ मतले अगाडि छन् । राईले १२ हजार ४१० मत प्राप्त गर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित