धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न धरानका थप २ वडाअध्यक्षले पदबाट राजिनामा दिएका छन् । धरानको वडा नं १ र ४ का वडाअध्यक्षले पनि पदबाट राजिनामा दिएका हुन् । योसँगै राजिनामा दिने वडाअध्यक्षहरुको संख्या ८ पुगेको छ । वडा नं १ का अध्यक्ष रोशन अधिकारीले पनि पदबाट राजिनामा दिएका छन् भ ...
धरान: नेकपा एमालेबाट निवार्चित धरानको वडा नं ४ का वडाअध्यक्ष मानबहादुर राई एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । वडा अध्यक्षबाट पनि आज (शनिबार) नै राजिनामा दिएका राईले एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । वडाअध्यक्षमा पुनः उम्मेदवार हुन चाहेका राईले एमालेबाट टिकट पाउने सम्भ ...
धरान: धरानमा सत्तारुढ दलहरुको चुनावी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा वडाको भागवण्डामा सहमति भएपनि वडा सदस्यहरुको भागवण्डामा सहमति जुट्न नसकेपछि जसपा गठबन्धनबाट बाहिरिएको हो । यसअघि जसपाले २ वडा १० र १९ दुई वटा वडाअध्यक्ष भाग पाउने सहमति ...
धरान: बैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा धरानका जनप्रतिनिधिहरुले धमाधम राजिनामा दिन थालेका छन् । आज मध्याह्न १२ बजेसम्म ५ जना वडाअध्यक्षसहित १४ जना जनप्रतिनिधिहरुले राजिनामा दिइसकेका छन् । निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरुले मनोनयन दर्ता गर्नुअघि राजिनामा दिनुपर्ने भएपछि २ ...
धरान: निर्वाचन अधिकृतको कार्यालयले धरानमा स्थानीय तह निर्वाचनबारे सर्वदलीय तथा सर्वपक्षीय छलफल गरेको छ । धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवनमा खुलेको कार्यालयमा हिजो (शुक्रबार) सर्वदलीय तथा सर्वपक्षीय छलफल गरेको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालले उम्मेदवार मनोनयन, आवश्यक पर्ने कागजप ...
धरान: नेकपा एमालेका नेता एवं धरानमा मेयरका आकांक्षी मोतिराज सुनुवारले केन्द्रीय कमिटीमा सिफारिश भएकामध्ये जसले टिकट पाए पनि सबैले जिताउन अघि बढ्ने बताएका छन् । शुक्रबार धरानमा निर्वाचन परिचालन मुल कमिटीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै एमाले प्रदेश कमिटी सदस्य सुनुवारले यस्तो धारणा व्यक्त गरेका हु ...
धरान: २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले मेयर उपमेयरसहित १४ वडामा जितेको थियो । नगरसभामा रहने कुल १०२ जनप्रतिनिधिमध्ये ७२ जना एमालेबाट मात्र निवार्चित भएका थिए । निवार्चित भएर कार्यभार सम्हालेको एक बर्ष नबित्दै मेयर तारा सुब्बाको निधन भएको थियो भने झण्डै डेढ बर्ष उपमेयर मञ्जु भण्डा ...
धरान : बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेद्वारलाई विजयी गराउन नेकपा एमालेले धरानमा ११ हजार २८६ जनाको निर्वाचन परिचालन मुल कमिटी घोषणा गरेको छ । एमालेले शुक्रबार धरान १५ स्थित चुम्लुङ हिममा कार्यक्रम गर्दै मुरारी सुवेदीको संयोजक रहेको जम्बो निर्वाचन परिचालन मुल कमिटी घोषणा गर ...
धरान: चुनावी गठबन्धनको सहमतिको खाका बिहिबार बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक हुँदै गर्दा धरानका चार दलका नेता, कार्यकर्ताहरु उत्साहित थिए । झण्डै डेढ घण्टा ढिलो गरि शुरु भएको पत्रकार सम्मेलनमा वक्ता नेताहरुले गठबन्धनको औचित्य, आवश्यकतामाथि प्रकाश पार्दै प्रदेश र संघीय निर्वाचनसम्मै गठबन्धन ...
धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन सम्पन्न गर्न धरानसहित जिल्लाका स्थानीय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धरान १२ स्थित पब्लिक माविको खेल मैदान दक्षिणतर्फ रहेको प्राविधिक भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । धरानमा निर्वाचन आयोगले परराष्ट्र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित