सुनसरी: चैत १२ गते एक जनाको ज्यान जाने गरि भएको सवारी दुर्घटनामा ठक्कर दिने बसको चालकलाई भगाएर नक्कली चालक खडा गर्ने यातायात प्रालिका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १२ का जीवन खनाल र नेत्रप्रसाद पाठक रहेका छन् । उनीहरु दुवै कोशी यातायात प्रालि इटहरीको सञ्चालक समितिको ...
धरान: खुवालुङ–पछिल्लो समय राष्ट्रिय र अन्तराष्ट्रियरुपमा चर्चाको केन्द्रमा छ । खास गरि विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जल यातायातको विकासको सन्दर्भमा सप्तकोशीमा अवरोध पन्छाउने धारणा राखेपछि खुवालुङबारे सबैको ध्यान केन्द्रीत भयो । प्रधानमन्त्री ओलीले खुवालुङकै बारे बोलेको भन् ...
धरान : प्रदेश १ मुख्यमन्त्री शेरधन राईले किरात समुदायको आस्थाको केन्द्र खुवालुङ फुटाउने विषयमा हालसम्म सरकारले छलफल वा निर्णय केहि नगरेको बताएका छन् । आज मंगलबार बिज्ञ र किरात राई यायोक्खाको पदाधिकारीसहित खुवालुङको स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले सरकारले गुरुयोजन ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज खुवालुङको स्थलगत अवलोकन गर्न जाने भएका छन् ।किरात समुदायको आस्थाको केन्द्र रहेको खुवालुुङलाई सरकारले फुटाउने तयारी गरेको भन्दै चर्को आलोचना भइरहेको बेला आज मुख्यमन्त्री राईले स्थलगत अवलोकन गर्ने भएका हुन् । त्रिवेणी नजिकै रहेको खुवालुुङले जलयात्रामा अवर ...
धरान: फागु पुर्णिमा अर्थात रंगहरुको पर्व होलीमा आज धरानमा शन्तिपुर्ण रह्यो । कोरोना भाइरसको महामारीको कारण प्रशासनले भिडभाड नगर्न आग्रह गरेको कारण पनि होली प्रभावित रह्यो ।धरानमा विगतमा जस्तो होली हंगामा जस्ता धुमधामको कार्यक्रमहरु यसपाली पनि भएन । गत बर्ष पनि होली कोरोना महामारीको चपेटामा परेकोले स ...
धरान: दलित मुक्ति आन्दोलनमा नेतृत्वदायी तथा महत्वपुर्ण योगदान पुर्याएका धरानका दुई जना दलित अगुवालाई सम्मान गरिएको छ । धरान उपमहानगरपालिकाको दलित विकास समितिले आइतबार पुर्वमन्त्रीसमेत रहेका नेता मिन विश्वकर्मा र नेतृ नरमाया परियारलाई सम्मान गरेको हो । उनीहरु दुवैलाई दलित अगुवा स्मृति समाज सुधार ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पुर्णिमा होली पर्वको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले भिडियो सन्देशमार्फत रंगहरुको पर्वकोरुपमा मानिने यस पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्ने विश्वास लिएको बताएका छन् । असत्यमाथि सत्यको विजयकोरुपमा लिइने यस पर्वले व ...
धरान: प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले होली पर्वको शुभकामना व्यक्त गरेका छन् ।सभामुख भण्डारीले आज एक शुभकामना सन्देशमार्फत होली पर्वले नेपाली बीचको एकता, भातृत्व, सहकार्य तथा सहिष्णुतालाई अझ प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरेका छन् । रंगहरुको प्रयोग गरेर एकआपसमा माया, प्रेम साटासाट गर्द ...
धरान: आफ्नै श्रीमतिको हत्या अभियोगमा पक्राउ परेका धरान ८ का तिलबहादुर माझीलाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले शुक्रबार जिल्ला अदालत सुनसरीबाट म्याद थप भएपछि सार्वजनिक गरेको हो । धरान ८ दुर्गापथका ३९ बर्षीय माझीलाई शुक्रबार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानको लागि ७ दिनक ...
धरान: धरान ८ दुर्गापथका ३७ बर्षीय तिलबहादुर माझी केही दिनयता अस्वभाविक गतिविधि गरिरहेका थिए । उनी घरि तीन तला माथि घरको छतबाट हाम्फाल्थे, घरि जथाभावी दौडन्थे । उनको गतिविधिले तिलबहादुरमा मानसिक विचलन अथवा मानसिक रोगको लक्षण देखिन्दैछ भन्ने बुझ्न कठिन थिएन । तर, उनले समयमा नै उपचार पाएनन् । परिव ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित