ईलाम: छोराको कुटपिटबाट गम्भीर घाइते भएका ईलामको देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको मृत्यु भएको छ । छोराको कुटाइबाट गम्भीर घाइते भएका टेकबहादुरको ४ दिन पछि मृत्यु भएको हो । गत श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी झगडामा बुबा टेक बहादुरलाई कुटपि ...
धरान: पुर्व प्रधानपञ्च सुर्यप्रसाद उपाध्यायको निधनमा धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । धरान १४ निवासी उपाध्यायको हिजो ८५ बर्षको उमेरमा उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । उनको निधनमा आज धरान नगर कार्यपालिकाको कार्यालय र मातहतका सबै कार्यालयमा विदा दि ...
ईलाम: ईलाम नगरपालिका १ नेपालटारमा ८ बर्षीय ग्रेसधीफ रिजालको सिमेन्ट पिलर ढलेर लागी मृत्यु भएको छ । स्थानीय हर्क बहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम ६ खरेलडाँडाका बचासदिप रिजालको छोरा ग्रेसधीफको पिलरले लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार हिजो बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा उनलाई पक् ...
मोरङ: प्रहरीले मोरङको बिराटनगर महानगरपालिका १७ मटेरुवा चोकबाट भारतीय र अमेरिकन डलरसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको लखनउका ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् । हिजो (शुक्रबार) दिउँ ...
पाँचथर: पाँचथरको हिलिहाङ गाउँपालिका ५ सुभाङमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेहथुम आठराई गाउँपालिका ५ छातेढुंगा का २७ बर्षीय टिका मोक्तान रहेका छन् । हिजो दिउसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने का ...
धरान: धरानको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित २ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानको टोलीले हिजो बेलुका ४ बजे धरान १० मा जनता ग्यारेजका सञ्चालन गर्ने ३० बर्षीय नविन चौधरी पक्राउ परेका हुन् । उनले ग्यारेजमा लुकाई राखेको प्रतिबन्धित औषधी स्पास्पेन-१००० ट्याव्लेट, ओपाट् ...
धरान: कोरोना संक्रमणबाट धरानकी एक युवतीको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा धरान १९ की ३४ बर्षीया युवतीको मृत्यु भएको हो । उनको उपचारको क्रममा हिजो राती ८ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मृतकलाई ...
धरान: धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्रको करिब १८२ बिघा जग्गा सरकारको नाममा आएको छ, तर अझै ठुलो मात्रामा जलाधारको जग्गा सरकारीकरण गर्न बाँकी छ । मालपोत कार्यालयका अनुसार स्रेस्ता फेला नपरेको र भुमाफियाले अतिक्रमण गरेर किनबेच भइसकेको जग्गा अझै पनि सरकारको नाममा ल्याउन बाँकी नै छ । म ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित एक १७ बर्षीय किसोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको गढी गाउँपालिका वडा नं १७ का १७ बर्षीय किसोर छन् । उनको कोभिड अस्पतालमा आज बुधबार साँझ ५ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका स ...
धरान: कोरोना संक्रमण पछि उपचारको क्रममा धरानकी एक महिलाको मृत्यु भएको छ । धरान १५ की ४० बर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार आज बिहान ८ बजेर ५० मिनेटमा उनको मृत्यु भएको थियो । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित