धरान: लकडाउन उल्लंघन गरेर गुडेका २५५ वटा निजी सवारीको चाबी प्रहरीले धरानबाट नियन्त्रणमा लिएको छ । यो संख्या साँझ ५ बजेसम्मको हो ।

धरानको विभिन्न स्थानबाट प्रहरीले लकडाउन उल्लंघन गरेर हिडिरहेको अवस्थामा ती सवारीलाई रोकेर चाबी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार नियम उल्लंघन गरेर हिडेका २ युवा प्रहरीसँग झगडा गर्न खोजी पछि नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई सम्झाएर छोडिएको पनि डिएसपी न्यौपानेले बताए । ‘आज पहिलो दिन भएकोले सबैलाई ६ बजे चाबी फिता गछौं, भोलीदेखि यसरी जथाभावी कुदाउनेलाई कडा कारबाही हुन्छ,’उनले भने ।

IMG_9607.psd

प्रहरीले धरानको विभिन्न ७ स्थानमा चेकपोइन्ट बनाएर कडाई गरेको थियो । धरान प्रहरीले प्रहरी निरीक्षक हेमराज ओलीको कमाण्डमा र्यापिड रेस्पोन्ट टिम खटाएको छ भने डिएसपी न्यौपानै आफै पनि निरन्तर गस्तीमा छन् । यस्तै, क्युआरटि टोली पनि मोटरसाइकलमा निरन्तर खटिएका छन् । ‘लकडाउनमा सबै बन्द हो, तर अस्पताल जानेहरुलाई छोडेका छौं,’ओलीले भने,‘पहिलो दिन भएकोले बिहान माइकिङ गर्यौं, शुरुमा सम्झायौं । अटेर गर्नेलाई पछि चाबी खोसेर राख्यौं ।’

IMG_9605.psd