कोरोना भाइरस संक्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि नेपालमा पनि लकडाउन गरिरहेको छ । संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको समय पनि थपिदै गएको छ । लामो समयदेखि हामी घरमा सिमित छौं । दैनिकी एकप्रकारले असहज बनेको छ । ज्यान सिथिल झै बनेको छ ।

लकडाउनकै बीचमा योजना बन्यो, सहर छोडेर गाउँ पस्ने । झण्डै २ महिना पुग्न लाग्यो मानिसहरु घरमा सिमित भएको । आज शनिबार पनि त हो । तर, गते र बार पनि बिर्सन लागियो । सहर भन्दा केही पर धरानमै पनि ग्रामिण परिवेश र जनजीवन छ । अहिले लकडाउनमा कस्तो होला ? त्यताको अवस्था के छ ? यो बुभ्mने कौतुहलता पनि थियो । दोस्रो, स्वास्थ्यको पनि त ख्याल गर्नुपर्यो । त्यसैले आज हाइकिङ जाने योजना बन्यो ।

hiking3

बिहान साढे ११ बजे म र मोहन राई दाई हिड्यौं । अरु साथीहरु पनि जान खोज्दै थिए, धेरै संख्या हुँदा अफ्ठ्यो हुन्छ भनेरै दुई जना मात्र जाने भयौं । धरानको देवी गाउँ, कुलङ वस्ती हुदै ग्रामिण परिवेशतिर पस्यौं । जताततै हरियाली रहेछ । मानिसहरु कृषि कर्ममा ब्यस्त छन् । सहरमा घरभित्र बस्नु परेको छ । कि टिभी हेर्यो, कि मोवाइल चलायो । यता गाउँमा त घरहरु पनि सामाजिक दुरीकै हिसाबले बनेका छन् । टाढा भएकोले भेट पनि कमै हुन्छ । मानिसहरु आफ्नै घर, खेतमा सिमित भएर काम गरिरहेका छन् । बाहिरका मानिसहरु पुग्दैनन्, त्यसै पनि सुरक्षित छ गाउँ । त्यताका मानिसहरु पनि सचेत रहेछन्, हामीलाई देख्दा भेट्दा सोधिहाल्ने, कहाँबाट आउनु भएको ? हामीले पनि धरानबाटै आएको हो, नडराउनुस् भन्यौं । धरानमा अहिलेसम्म कोरोना छैन है भन्दै हिड्यौं ।

hiking11

हामी कागुने, निसाने डाँडासम्म उक्लियौं । कृषिमा आधारित गाउँघर अनि ब्यस्तता देख्दा लाग्यो, हाम्रो बाँच्ने आधार कृषि छ । अलिकति आधुनिकीकरण गर्यौं भने आर्थिक समृद्धिको आधार बन्छ । सरकारले स्मार्ट सिटीहरु बनाउने भन्छ, त्यस्तै गरि कृषिलाई पनि जोडदिए हुन्थ्यो । कृषिको दीर्घकालिन परियोजनाहरु अन्र्तगत सेक्टरहरु बनाए हुन्थ्यो । सिचाई, मल, बिउ र प्रविधि पुर्याउनुपर्छ । महत्वपुर्ण कुरा सिचाई रहेछ, सिचाई नहुदा प्रविधिले मात्र कृषि क्षेत्र पुर्णता नहुने रहेछ । फौजी किराले मकै वाली सखाप बनाउन लागेको पनि देख्यौं । साउनेटारको मेवाहाङ कृषि फर्ममा वंगुरवालन र बट्टाईपालन पनि हेर्यौं । भर्खर शुरु हुदै रहेछ ।

 मनवाटार पुग्नुअघि भिरालो बाटो झरेर उक्लिनुपर्ने छ । भिरालो बाटो झर्दा २ जनाले घोचा गाडेर भाटाको बार लगाउदै थिए । एकजना अधवैशे महिला र १८, १९ बर्षकी युवतीको हातमा खुकुरी थियो । कम्मरमा खुकुरी भिरेर आफैले भाटा काटिरहेकी थिइन् । न लकडाउनले छोएको छ, न त आधुनिकताले छोएको छ । खेती गर्नको लागि बार लगाएको भने । त्यो बार लगाएको ठाउँ असाध्यै भिरालो थियो । कसरी खेती गर्लान् ? सोध्न मन थियो, तर धेरै कुरा सोध्न सकिन । मनभित्र अनेक कुरा खेल्यो । हर्दिया जाने खुलेको नयाँ ट्रयाकमा बाटोको पानी कटाउदा बनेको खोल्सीले भिरमा पहिरो गएको पनि देख्यौं । पानीको वहावले अब बर्षामा ठुलो क्षति गर्ने अनुमान गरे । नयाँ बाटोलाई पनि त्यसले क्षति पुग्छ । यसतर्फ पनि सम्बन्धित सबैले ध्यान दिनुपर्छ ।

hiking6

बाटै भरि हरियाली । कहिले जंगलमा, कहिले गाउँघर त कहिले खेतबारीमा हिड्यौं । शान्त, सितल वातावरण । तल्लो निसाने डाँडामा उक्लिएपछि यसो धरान हेर्यौं । वरीपरी नजर डुलायौं । आहा, कति सुन्दर दृष्यहरु । फोटो खिच्यौ । भिडियो पनि लियौं । सोचे, धरानमा त लकडाउन छ । सहरमा हिड्न गाह्रो छ । घरभित्रै बस्नु परेको छ, यहाँ त सरल अनि सहज अनुभूति भयो । मन प्रफुल्लित भयो ।

hiking1

स्वच्छ हावापानी । प्रकृतिसँग नजिक हुन पाइयो । डाँडाकाडा, वनजंगलमा पुग्दा मन हर्षित भयो । माथ्लो निसान डाँडामा पनि चढ्यौ, र मनुवाटार, साउनेटार, आँपटार हुदै देउराली भएर घर फर्कियौं । हामी झण्डै १८ किलोमिटर हिडेछौं । साँझ ७ बजेतिर घर आइपुग्यौं । निरन्तर करिब ७ घ घण्टाको हिडाईले ज्यान थाकेको थियो, तर मनमा एकप्रकारको नविन उर्जा, सुखद् अनुभूतिको साथ घरको आँगनमा पाइला टेक्यौं ।

hiking13

hiking10 hiking7 hiking9 hiking12 hiking