धरानः अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा प्रस्तुत गरेको बजेटप्रति निजी क्षेत्रले खासै उत्साहित हुन नसकेको गुनासो गरेको छ ।
सरकारले राजस्वमा खासै बृद्धि नगरेपनि विश्वव्यापारी फैलिएको महामारीले निजी क्षेत्र तहसनहस भएको भन्दै निजी क्षेत्रलाई बचाएर लाग्ने कुरामा सरकार उदार हुन नसकेको विराटनगरका उद्योगी पवन शारडाले प्रतिक्रिया दिएका छन् । शारडाका अनुसार दुई महिना भन्दा लामो समयदेखि भएको लकडाउनले थला परेको उद्योग व्यवसायलाई सरकारले कुुनै न कुुनै माध्यमबाट सहुलियतको सम्बोधन गर्नुुपर्ने थियो । तर, अघिल्लो आर्थिक वर्षको भन्द सानो आकारको बजेट ल्याए पनि निर्माण क्षेत्रमा ठुुलो बजेट घटाउँदा पनि निजी क्षेत्रको समस्या बुुझ्ने काम सरकारले गरेको छैन । ‘सरकारले हरक साल राजस्व बढाउँथ्यो, त्यसको असर उपभोक्तासम्म पुुग्थ्यो नै,’ शारडाले भने, ‘समस्यामा रहेका उद्योगी व्यवसायीलाई खोइ त बजेटमा सम्बोधन ?’ निजी क्षेत्रले सरकारले राहत प्याकेज ल्याउने अपेक्ष भएपनि त्यसो हुन नसक्दा निराश भएको बताए ।
वाणिज्य क्षेत्रतर्फ परेको मार्काका लागि बजेटको व्यवस्था गरेको भए निराश हुने ठाउँ नरहने इटहरी उद्योग वाणिज्य सँघका महासचिव पिताम्वर पोख्रेलले प्रतिक्रिया छ । उनले साना तथा मझौला उद्योगलार्इ बजेटमा कतैबाट समेट्ने प्रयास भएपनि वाणिज्य ट्रेढबाट नेपालाई पुगिरहेको लाभको बारे सम्बोधन आवश्यक रहेको उनको भनाइ छ । उद्योग सँगठन मोरङका उपाध्यक्ष राकेश सुरानाले महामारीको बेला सिँगो उद्योग व्यवसाय गरिरहेको निजी क्षेत्र त्रासमा बसेको र सरकारसँग ठुलो अपेक्षा राखेपनि खासै सम्बोधन हुन नसकेको बताउँछन् । उनले व्यवसायीले प्रत्यक्ष लाभ पुग्ने खालको कुनै पनि कार्यक्रम नसमेटिएको धारणा राखे ।
यता अर्थशास्त्रका जानकारहरुले भने सरकारले अवस्था अनुसारको सन्तुलित बजेट ल्याएको बताएका छन् । डाक्टर राजेन्द्र शर्माले कृषि उत्पादन र रोजगारमुखी बजेटले धेरै आशा गर्ने ठाउँ रहेको प्रतिक्रिया दिए । ‘महामारीको कहरकाबीच आम्दानी र खर्च संकुचित भएको छ,’ शर्माले भने, ‘डेढ लाख युवालाई रोजागरी दिने, गाउँपािलकापिच्छे नै कृषिको पकेट क्षेत्र बनाउने कुराले आर्थिक उन्नतीको मार्ग पकड्ने नश्चित छ ।’ उनले पर्यटन क्षेत्रमा सुविधा दिने कुराले व्यवसायीलाई उत्साहित बनाउने बताए । स्वास्थ्य क्षेत्रको ल्याब स्थापना गर्ने कुराले उपलब्धि नदेला कि भन्ने संशय व्यक्त गरे ।
अर्का अर्थविद्ध डाक्टर भेषप्रसाद धमलाले बजेतको प्राथमिकता र सिद्धान्त राम्रो भएको प्रतिक्रिया दिए । बेरोजगारीका लागि रोजगारी सृजना गर्ने कुराले कुल ग्राहस्थ उत्पादनलाई ह्रास हुन नदिने कुरा महत्वपुर्ण रहेको टिप्पणी गरे । विशेष परिस्थितिमा ल्याइएको बजेटको साइज अनुपयुक्त नरहेको धमलाको भनाई छ । अनुुत्पादक क्षेत्रमा भएको बजेट कटौतीको प्रयास ठिक भएको उनको विश्लेषण छ । ‘भोली संक्रमण बढ्दै गए राजस्व उठ्ला नउठ्ला, ’धमलाले भने,‘छरितो बजेटको चुुनौती कार्यान्वयनमा चुुस्त प्रभावकारी नै हो ।’ उनले बजेटमा प्रश्ताव गरिएका सबै रकम खर्च नहुुने भन्दै रकमको दुरुपयोगबाट जोगाउनु हाम्रो मुलुकमा खास चुनौती रहेको जिकिर गरे । ‘बजेट कार्यान्वयन पक्ष सवल बनाउन सकियो भने अहिलेको परिप्रेक्षमा यो बजेटको कटु आलोचना गर्ने ठाउँ छैन ।’