धरान: धरान उपमहानगरपालिकाको सातौं नगरसभामा शुरु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा आगामी आर्थिक बर्ष २०७६/०७८ को नीति तथा कार्यक्रम, बजेट उपमेयर मञ्जु भण्डारी सुवेदीले प्रस्तुत गरेकी छिन् । मेयर तिलक राईको अध्यक्षतामा शुरु भएको नगरसभामा उपमेयरले नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिसके पछि प्रमुख अतिथि एवं प्रदेश एकका सभामुख प्रदिप भण्डारी, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उपमहानगरले आगामी साउन १ गतेबाट खानेपानी संस्थान र आयोजना दुवै संरचनालाई खानेपानी व्यवस्थापन बोर्डमार्फत सञ्चालन गर्ने घोषणा गरेको छ। संस्थानको शाखाका कर्मचारीहरु मध्ये बोर्डमा आउन चाहनेहरुलाई असार मसान्तभित्र बोर्डमा हाजिर गराउने र दुवै संरचनालाई एकीकरण गरेर साउन १ गतेदेखि खोनपानी व्यवस्थापनको सम्पुर्ण कार्य बोर्डमार्फत उपमहानगरले सञ्चालन गर्ने जनाएको छ ।

IMG_1480.psd

यस्तै, चालु आर्थिक बर्षको राजश्वमा कोभिड १९ को कारण परेको असरबाट राहत उपलब्ध गराउन ३ महिनाको राजश्व छुटको व्यवस्था पनि मिलाउने उमपहानगरले घोषणा गरेको छ । साथै, धरानको आत्माकोरुपमा रहेको सर्दु जलाधार क्षेत्रको अतिक्रममित जमिनको सन्दर्भमा नेपाल सरकारले मन्त्रीपरिषदबाट निर्णय भई रोक्का भइसकेकोले लगतकट्टाको कार्य तत्काल सम्पन्न गरी जलाधार संरक्षण गर्न संघीय सरकारसँग पहल गर्ने पनि उपमहानगरले घोषणा गरेको छ ।

आफ्नो सेवा प्रवाहलाई चुस्त दुरुस्त र परदर्शीढंगबाट विद्युतीय माध्यमले प्रवाह गर्ने साथै अनियमितता, ढिलासुस्ती निर्मुल गर्न र भ्रष्टचार शुन्य सहनशिलताको नीतिलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्ने पनि जनाएको छ । साथै, उपमहानगरले फ्रन्टलाइनमा क्रियाशिल ७ हजार धरानबासीहरुको पिसिआर टेष्टको तयारीको लागि वीपी प्रतिष्ठानसँग समन्वय गरेर स्वास्थ्य कार्यविधि अनुसार प्राथमिकताको आधारमा तुरुन्तै स्वाब टेष्ट लिई कोरोना परीक्षणलाई तीब्रता दिएर जोखिम व्यवस्थापन गर्ने पनि जनाएको छ । नगरबासीलाई कोडिभ १९ को जोखिमबाट सुरक्षित राख्नको लागि करिब १५ आगन्तुकहरुलाई सुरक्षित क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने आवश्यकता भएको पनि उपमहानगरले जनाएको छ ।

IMG_1485.psd

यसैगरि, कोभिड १९ को कारण सबै व्यवसायमा परेको असरका कारण व्यवसाय धरासायी बनेकोले नगरको आम्दानीमा चालु आर्थिक बर्षमा ४० प्रतिशत भन्दा बढी कमी आएको पनि उपमहागनरले प्रष्ट पारेको छ। यसको असर आगामी बर्षको बजेटमा चालु बर्षको दायित्व रहने पनि उपमहानगरले जनाएको छ।

तस्बिरहरु: विकास चाम्लिङ

IMG_1477.psd IMG_1487.psd IMG_1495.psd IMG_1490.psd IMG_1500.psd IMG_1498.psd