विराटनगरः उदयपुरको गाइघाटमा भेटिएका जमातीको टोली प्रदेश १ मा पहिलो कोरोना सँक्रमित थिए । भुल्केस्थित मस्जिदमा रहेका घुमन्ते धार्मिक टोलीलाई कोभिड १९ भएको पुष्टि भएको थियो ।

उनीहरुलाई प्रदेश १ सरकारले विराटनगरमा तयार गरेको कोभिड १९ अस्पतालमा उपचार गरिएको थियो । सोहि बेला देखि कोभिड सँक्रमितको उपचार र व्यवस्थापनमा खटिएका कोशी कोभिड उपचार केन्द्रका संयोजक डाक्टर दीपक सिग्देलले पछिल्लो कोभिडको अवस्था नियन्त्रण नै गर्न नसक्ने गरि फैलिएको भन्दै सरकारले तयार गरेको स्वास्थ्य संरचनाले धान्नै नसक्ने अवस्थामा पुुगेको बताएका छन् । सिग्देलले राखेका धारणा उनकै शब्दमाः

कोभिड सेन्टरको अवस्था भयावह नै छ । प्रत्येक ठाउँबाट रिफर भएर आउने सिम्टोम्याटिक(लक्षण भएका) बिरामी केशहरु बढिरहेका छन् । हामीसँग भएका सबै वेडमा चाप छन् । अहिले हामीसँग ६२ जना विरामी हुनुहुन्छ । बिस्तारै बिस्तारै सिम्टोम्याटिक बिरामीहरु बढिरहेका कारण मृत्युदर पनि बढिरहेको छ ।

गएको एक महिनालाई हेर्दा बिरामीको केस एकदमै बढ्यो । लक्षण भएको बिरामी बढिरहेको हुँदा अस्पतालमा व्यवस्थापनको काम गाह्रो भएको छ । कोभिड उपचार गर्ने सबै अस्पतालमा वेड प्याक छन् । धेरैले भेन्टिटर भेन्टिलेर भन्छन् । हामीले के बुझ्नपर्छ भने भेन्टिलेटरमा हालिसकेको विरामी प्रायः फर्किँदैनन् । तर, यो भन्दा अघि नै हामी हाइ फ्लो अक्सिजन दिनुपर्छ भने हामीले प्रयोगमा ल्याएका केहि औषधीको पर्याप्ततालाई ख्याल राख्नुपर्छ ।

धेरैले हाम्रो बिरामी सिसियस भयो भेन्टिलेटर भनिरहेका हुन्छन् । तर, त्यो हल्ला मात्रै हो । हामीले अन्य विधिबाट पनि त्यो बिरामीलाई भेन्टिलेटरमा पुर्याउन नपर्ने अवस्थाको सृजना गर्न सक्छौँ । तर, अब अवस्था असामान्य बनेको छ । वेडहरु भरिएपछि थप संक्रमित कसरी भर्ना गर्ने एकदम गाह्रो भएको छ ।

पब्लिक आँफै सचेत हुनुपर्यो । बजारको भिडलाई कसरी कम गर्ने भन्ने तर्फ सोचिदिए हुन्थ्यो । तर, यसो हेर्दा बजारको भिड कम होला जस्तो पटक्कै लागेको छैन । यसले सँक्रमण झन्झन् फैलाइरहेको छ । यदि बिरामीलाई अक्सिजनको कम हुनेबित्तिकै अक्सिजनको मात्र एकदम बढि दिएर उसलाई रेडमिसिबिर औषधी दिएपछि बिरामीको प्रतिरोधि क्षमता घट्न पाउँदैन र कोभिडको असर निकै कम भइहाल्छ । तर, अहिले त यस्तो जटिल अवस्था छ कि प्रायः अक्सिजन बेड प्याक भइसके भने नयाँ सिम्टोम्याटिक बिरामी कसरी भर्ना गर्ने भन्ने अन्यौलमा छौं । यस्तो अवस्था हेर्दा लाग्छ हाम्रो स्वास्थ्य प्रणालीले धान्नै नसक्ने अवस्थामा पुगिसकियो ।

फेरी स्वास्थ्यकर्मीसमेत सँक्रमति भएपछि कोभिड अस्पतालमा काम गर्नेको सँख्या घट्दो र सँक्रमितको चाप बढ्नुले आपतकालिन अवस्थाको सँकेत मिलिरहेको छ । यसलाई न्युनिकण गर्न के गर्ने भन्ने उपायको जवाफ चाहिँ सायद कोहिसँग छैन । खराब भन्दा खराब परिस्थितिको आशंका मिलिसक्यो । हामीसँग पर्याप्त स्रोत साधन छैन । हामीसँग लिमिटेड साधान स्रोत छन् । क्षमता भन्दा बढि सँक्रमित राख्न सकिँदैन । यो कुरा सायद सरकारलाई थाहै होला । सबै अस्पताल कोभिड मेनेजभेन्ट गर्न पनि सक्दैनन् । यसको छुट्टै प्रोटोकल छ । यसका विभिन्न संवेदनशिल छ । सबैले गर्ने सम्भव पनि छैन । अन्य विरामी पनि हेर्नुपर्छ ।

गएको एकदुइ दिनमा जसरी मृत्यू सँख्या बढिरहेको छ, यो हेर्दा त्रासमा पब्लिक पनि छन् र उपचारमा सँलग्न स्वास्थ्यकर्मी पनि छन् । यो अवस्था अझै एक दुुइ महिना जारी हुन्छ । र, त्यसपछि पनि के होला यसै भन्न गाह्रो छ । आफ्नो मोमेन्ट लिमिट गर्ने हो । एकदमै क्लोज सर्कलमा बस्ने हो । सचेतना एकदम महत्वपुर्ण कुरा हो भने सेल्फ प्रोटेक्ट भएर बस्न सबैलाई भन्ने र आफु पनि सजक रहने ।