धरान: जनता समाजवादी पार्टी धरानले नेपाल खानेपानी संस्थानको शाखालाई धरान खानेपानी बोर्डमा मर्ज गर्ने निर्णयप्रति कडा विरोध जनाएको छ ।

पार्टीको धरान उपमहानगर कमिटि अध्यक्ष ताजुब लिम्बुले आज प्रेश विज्ञप्ती जारी गर्दै उक्त निर्णयको घोर भत्र्सना र विरोध जनाएका हुन् । कार्तिक ५ गते बसेको धरान नगर कार्यापालिका बैठकले यही कार्तिक २६ गते संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाउनुका साथै सशक्त आन्दोलन गर्ने पनि चेतावनी दिएको छ । साथै, त्यसले पुर्याउने असर र परिणामको भागिदार स्वयम धरान उपमहानगरपालिका रहने पनि विज्ञप्तीमा उल्लेख छ ।

आयोजनाको शुरुवातदेखि नै पानीको दीर्घकालिन मुहान, बजेटको सही सदुपयोग, पारदर्शिता, जवाफदेहिता र परिणामको बिषयमा विरोध, सहमति, विवाद र छलफलको बिषय बन्दै आइरहेको छ । तत्कालिन धरान उपमहानगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संघर्ष समितिसँग ११ बुँदे सहमति गरेको थियो । उक्त सहमति वमोजिम र आयोजनाको डिपिआर वमोजिम खानेपानी उत्पादन, वितरण हुन नसकेको समाजवादी पार्टीको ठहर छ । आयोजनाले प्रतिदिन भुमिगत स्रोतबाट ७ वटा वेल मार्फत पानी उत्पादन गरेर रिजर्भ वेयरमा ९२ लाख लिटर जम्मा गर्ने प्रतिवद्धता जनाइएको थियो । यस्तै, खानेपानी संस्थानले उत्पादन गरिरहेको भुमिगत स्रोत ३ वटा पुरानो वेलबाट र सर्दुको सतही पानी १ करोड २० लाख लिटर गरेर जम्मा २ करोड १२ लाख २० हजार लिटर पानी वैज्ञानिक वितरण प्रणालीमार्फत २८ हजार धारामा वितरण गर्ने भनिएको थियो । दैनिकरुपमा ७ मिटर प्रेसरमा न्युनतम १६ घण्टा पानी वितरण गर्ने प्रतिवद्धता थियो ।

water-project-dharan

तर, पार्टीका अनुसार हाल खानेपानी आयोजनाले उत्पादन गर्ने ७ वटा नयाँ वेलबाट उत्पादन भएको पानी विभिन्न समयमा अनुगमन तथा मुल्यांकन गर्दा ६३, ६४ लाख लिटर मात्र रिजर्भवेयरमा जम्मा भएको पाइएको दाबी गरेको छ । त्यसको प्रमाण स्वरुप आयोजनाको डिपिआरमा नभएको २ वटा नयाँ वेललाई लिन सकिने पार्टीको दाबी छ भने वितरण हेर्दा पनि कुनै घरमा पानी नआउने, कहीँ पम्प मार्फत पानी तान्नु पर्ने र सहज तरिकाले आएको धाराहरुमा पनि दैनिक बढीमा १ घण्टा वा आधा घण्टा मात्र पानी आइरहेको पार्टीको भनाई छ । आयोजनामा भ्रष्टचार र अनियमिता भएको आशंका भइरहेकोमा धरानका मेयर तिलक राईले विज्ञहरुको समिति निर्माण गरि उक्त समितिले आयोजना सफल वा असफल बारे अध्ययन गरि बुझाएको प्रतिवेदन पश्चात मात्र खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने प्रतिवद्धता विभिन्न मञ्जहरुमा गरेको पनि पार्टीले स्मरण गराएको छ ।

janata-samajbadi