धरान: सरकारको निर्देशन वमोजिम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादवले आफु निकास दिनको लागि आएको बताएका छन् ।

क्लिकधरानसँग संक्षिप्त कुराकानी गर्दै डा.यादवले आफु आफु कति अवधिको लागि आएको भन्ने प्रष्ट नभएपनि वीपी प्रतिष्ठानलाई निकास दिन आएको बताए । उनले आफ्नो उद्देश्य प्रतिष्ठानकै मान्छेहरु पदाधिकारी होस् भन्ने रहेको पनि प्रष्ट पारे । आफु भिसि, रजिष्ट्रार बन्न नआएको खुलाउदै डा.यादवले प्रतिष्ठानलाई निकास दिएर यहीको व्यक्तिलाई जिम्मेवारी हस्तान्तरण गर्न ध्यान केन्द्रीत हुने पनि बताए । 

‘कति दिनको अवधि हो मलाई थाह छैन । मेरो ध्योय के हो भने यसै संस्थानको मान्छेहरु पदाधिकारी रहोस्, यहाँ आएर भिसि बनौला, रजिष्ट्रार बनौला भनेर म आएको होइन । म निकास दिनको लागि आएको हो,’ उनले भने,‘यही बषौंदेखि काम गरेका सरहरु छन्, तीसौं बर्ष पनि बितिसकेको छ । उहाँहरुलाई नै कसरी जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने कुरामा ध्यान केन्द्रीत भइरहन्छ ।’

सरकारले आर्थिक र प्रशासनिक जिम्मेवारी सम्हाल्ने गरि प्रतिष्ठानको ऐन २०४९ को दफा २० (क) टेकेर निर्देशन दिएको पनि डा.यादवले खुलाए । उनले आफ्नो पहिलो प्राथमिकता अस्पतालको सेवा र विरामीहरुको लागि हुने पनि बताए । ‘हाम्रो पहिलो फोकस अस्पतालको लागि विरामीहरुको हुन्छ । कोभिड चलिरहेको बेलामा के गर्न सकन्छ भनेर केन्द्रीत गछौ,’उनले भने ।

dr-shyam-yadav

प्रतिष्ठानमा आएर भेटघाट र आवश्यक राय, सुझाव लिइरहेका भन्दै डा.यादवले त्यसैको आधारमा काम अघि बढाउने पनि बताए । प्रतिष्ठानमा रहुञ्जेल स्थापना हुँदाको लक्ष्य अनुसार अघि बढाउन प्रयत्न गर्ने उनको भनाई थियो । ‘सबैले राम्रो फिडब्याक दिनुभएको छ, हृदयदेखि स्वागत गरेको छुँ । उहाँहरु म प्रति पनि पोजेटिभ हुनुहुन्छ । म चाहन्छु, यो प्रतिष्ठान राम्रो होस्, जनताको लागि बनेको हो, ठुलो भिजन लिएर । यसको पुर्वाधार, जनशक्ति अन्य कसैसँग छैन । कहाँ अफ्ठ्यारो छ, त्यलाई ठिक गर्नलाई टिओआर हो । ८,१० महिनादेखि गडबडी भइरहेको छ, तालाबन्दी भयो, कसरी सहज निकास हुनसक्छ, मेरो त्यसमा ध्यान हुन्छ । अरु प्रोफेसरसँग, फ्याकल्टीसँग भेट्छौ । चौबिसैघण्टा लागिपर्नेछु । सफल पनि हुन्छ,’उने भने । 

सरकारले काम गर्न रोक लगाएका पदाधिकारीहरु अदालत गएको प्रसंगमा डा.यादवले अदालको निर्णय आफुले मान्ने प्रतिक्रिया दिए । अदालतलाई कसैले केी गर्न नसक्ने भन्दै उनले अदालतको निर्देशन अनुसार नै काम हुने बताए । उनले भने, ‘अदालतले जे निर्णय गर्छ, त्यो माई स्वागत योग्य हुन्छ ।’

उहाँहरुलाई सबैको सहयोग आवश्यक छ: प्रा.डा.पारस पोख्रेल

paras-pokhrel

प्रतिष्ठानको पब्लिक हेल्थ कम्युनिटी मेडिसिन विभाग प्रमुख प्रा.डा.पारस पोख्रेलले सरकारको निर्णयले प्रतिष्ठानलाई निकास दिन मद्दत पुग्ने अपेक्षा व्यक्त गरे । डा.पोख्रेलले हेर र पर्खकोरुपमा रहनुपर्ने भन्दै सरकारले के चाहेको भन्ने समयले नै बताउने बताए । ‘हाम्रो इच्छा के छ भने एउटा निकास निस्कियोस्, संस्थान सही दिशामा जाओस्,’उनले भने,‘त्यसको लागि सहजीकरण गर्न आएको छुँ, सहयोग गर्छु भन्नु भएको छ । त्यो कुरालाई स्वागत गरेको छौं, सबैको सहयोग आवश्यक छ ।’