धरान: धरानको वडा नं १ को ७ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ । 

निर्वाचन कार्यालयका अनुसार वडा २ को मात्र ७ सय मत गणना सकिएको छ । त्यसमध्ये मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले २४३ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले २३२ मत ल्याएका छन् भने एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ९१ मत पाएकी छिन् । यस्तै, मेयरमा राप्रपा उम्मेद्वार नरेश शाक्यले ४० मत पाएका छन् । 

उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले २२६ मत पाएका छन् भने एमाले उम्मेद्वार पदम इस्वोले १०६ मत पाएका छन् । राप्रपाकी उपमेयर उम्मेद्वार पुर्णमाया राईले ८२ मत पाउदा स्वतन्त्र उम्मेद्वार दत्तकुमार लिम्बुले ६० मत पाएका छन् ।

वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार यज्ञमणी आचार्यले ३१४ मत पाएर अग्रता लिएका छन् भने राप्रपा उम्मेद्वार रोशन अधिकारीले २२३ मत पाएका छन् । एमालेका उम्मेद्वार सुमन श्रेष्ठले ४६ मत पाएका छन् । वडा नं १ मा कुल मतदाता ३१४९ रहेकोमा शुक्रबार भएको मतदानमा १९३९ मत खसेको छ ।