धरान: धरानको वडा नं ४ र ५ को मतगणना भइरहेको छ ।
वडा नं ४ को प्रारम्भिक २ सय मतगणनाको नतिजा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ । अधिकृत पुष्करराज नेपालका अनुसार २ सय मतगणना हुँदा मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले ७५ मत पाएका छन् भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ७१ र स्वतन्त्र उम्मेद्वार हर्क साम्पांगले २७ मत पाएका छन् ।
यस्तै, उपमेयरमा एमालेका उम्मेद्वार पदम इस्वोले ९८ र गठबन्धनका अइन्द्रबिक्रम बेघाले ७२ मत पाएका छन् । यसैगरि, वडाअध्यक्षमा नेकपा एमालेका उम्मेद्वारले ११४ मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेद्वारले ५९, नेकपा एकीकृत समाजवादीका उम्मेद्वारले ११ मत पाएका छन् । अहिले पनि वडा नं ४ को मतगणना जारी छ ।