धरान: धरानको वडा नं ५ र ६ को हालसम्म १५ १५ सय मतगणनाको नतिजा सार्वजनिक गरिएको छ ।
वडा नं ५ मा वडाअध्यक्षमा नेकपा एमालेका मनप्रसाद लिम्बुले ५३८ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । उनलाई कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले ५०४ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेद्वार धनकुमार राईले ३४२ मत प्राप्त गरेका छन् ।
यसैगरि, १५ सय मत गणना हुँदा वडा ५ बाट मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले ५३४ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ३७४ र स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ३ सय मत पाएका छन् ।
वडा नं ६ मा १५ सय मत गणना हुँदा वडाअध्यक्षमा स्वतन्त्र उम्मेद्वार भुपेन्द्र भट्टराईले ७१३ मत प्राप्त गरेर अग्रता कायमै गरेका छन् । एमालेका उम्मेद्वार हरिकुमार राईले ५२० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेद्वार कृष्णकुमार राई (भुपाल) १११ मत प्राप्त गरेका छन् ।
यसैगरि, वडा ६ मा १५ सय मत गणना हुँदा मेयरमा एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ४७० मत प्राप्त गरेकी छिन् भने गठबन्धनका उम्मेद्वार कांग्रेसले २१० मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ३३८ मत प्राप्त गरेका छन् । यस्तै, उपमेयरमा एमालेका उम्मेद्वार पदम इस्वोले ५११ र गठबन्धनका अइन्द्रबिक्रम बेघाले २१४ मत प्राप्त गरेका छन् ।