धरान: सर्दु खोलाको पानीले धरानमा बिजुली बिजुली निकालिएको छ । मेयर हर्क साम्पाङको योजना अनुसार प्रोटोटाइप हाइड्रोपावरबाट बिजुली निकालिएको हो । 

परीक्षण सफल भएपछि बिहिबार औपचारिकरुपमा मेयर साम्पाङले प्रोटोटाइप हाइड्रोको उद्घाटन गरेका थिए । मेयर साम्पाङले धरानमा पनि विजुली उत्पादन गर्न सकिने सन्देश दिएको भन्दै भविष्यमा ठुलो जलकुण्ड बनाएर त्यहाँबाट पनि यसैगरि ठुलो मात्रामा बिजुली उत्पादन गरिने बताए । धरानको कार्यपालिका बैठकले बाँनियाटारमा जलकुण्ड बनाउने निर्णय हिजो (बुधबार) गरिसकेको छ ।

sardu-proto-type2

बिजुली उत्पादन भएपछि उपमेयर अइन्द्रबिक्रम बेघाले पनि स्थलगतरुपमा निरीक्षण गरेका थिए । उनले धरानकै खोलाबाट विजुली उत्पादन हुनु ज्यादै खुशीको कुरा भएको बताए । प्रोटोटाइप निर्माण कार्यको जिम्मेवारी बोकेका तर्कराज मगरका अनुसार श्रमदानबाहेक साढे ३ लाख रुपैया खर्चमा निर्माण कार्य सम्पन्न भएको छ ।

प्रोटोटाइपको टर्वाइन ७५० वाटको हो । तर, त्यहाँबाट ३ सय वाट मात्र विजुली उत्पादन भएको उनले बताए । क्षमता अनुसार ७५० वाट विजुली उत्पादन गर्न ७० मिटर हेड राख्नुपर्ने उनले बताए । त्यसो गर्दा पछि हिउँदमा पानी कम भएर उत्पादनमा समस्या हुने भएकोले त्यसबेलाको लागि पनि लक्षित गरेर ३१ मिटर हेड राखिएकोले ३ सय वाट मात्र उत्पादन भएको उनको भनाई छ ।

sardu-proto-type1

प्रोटोटाइपको लागि जेनेरेटर, भोल्ट मिटर, टवाईन जस्ता अवाश्यक सामान इटहरीको सिंहवाहिनी इञ्जिनियरीङ प्रालिले निःशुल्क दिएको पनि मगरले जानकारी दिए । उत्पादन भएको बिजुलीले १५ देखि २० वटा एलइडी बल्भ खानेपानीको चौकीदार बस्ने घर, वीपी पार्कमा बल्भ बालिने पनि उनले बताए । 

भिडियो: