धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फको धरानको वडा नं १ मा खसेको मत गणना सकिएको छ । 

वडा नं १ मा ३ हजार ९९७ मतदातामध्ये १ हजार ८२७ मत खसेको थियो । खसेको मतमध्ये वडा नं १ बाट सबैभन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोक राई (अविरल)ले ४६३ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार खरायो चुनाव चिह्नका मनोजकुमार मेन्याङ्बोले ४२५ मत पाएर पछ्याइरहेका छन् भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)ले ३२५ मत पाएकी छिन् ।

यसैगरि, लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले २५६ मत प्राप्त गरेका छन् एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले मात्र ७० मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेद्वार घण्टाघर चुनाव चिह्न भएका कुमार कार्कीले ७०, सुर्यमुखी चुनाव चिह्न रहेका मातृकाप्रसाद भट्टराईले ६८, पानीको जार चुनाव चिह्न भएका तर्क मगरको ३३, लाउडस्पिर चुनाव चिह्नको १४ मत पाएका छन् ।

प्रदेशसभा १ (क) मा पनि हलोको अग्रता

वडा नं १ को प्रदेशसभा १ (क) तर्फ पनि मतगणना सकिएको छ । प्रदेशसभातर्फ पनि राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै) ले अग्रता ९७१ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेद्वार उमेश थापाले ५१२ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेद्वार रमेशकुमार बस्नेतले १७० मत प्राप्त गरेका छन् ।

लालटिन चुनाव चिह्न भएका समिर तामाङले ६३, लौरो चुनाव चिह्नले ३० मत, पानीको धाराले १९, तीरले ६, हजारीले ९, दापसहितको खुकुरीले ८ मत पाएको छ ।