धरान : नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा धरानका पत्रकार सन्तोष काफ्ले निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न भएको निर्वाचनमा खसेको मतको ९४ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी गणेश निरौलाले ७९ मत प्राप्त गरे । अर्का उम्मेदवार शेखरनाथ योगीले ५ मत मात्रै पाए ।

अध्यक्षम विजयी काफ्ले प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनी विगतमा महासघको उपाध्यक्ष भएर काम गरिसकेका थिए । निरौला प्रेस युनियनबाट बागी उम्मेदवार थिए भने उनलैइ प्रेस सेन्टर, कृयाशिल महिला पत्रकार समुहले समर्थन गरेको थियो ।

महासंघको उपाध्यक्षमा अर्जुन सुवेदी, महिला उपाध्यक्ष यशोदा शेने, सचिवमा पर्शुराम बाह्रकोटी (विनय) र सहसचिव बिकल रेग्मी निर्वाचित भएका छन् । समावेशी सहसचिवमा बिरेन्द्र कुमार शाह र कोषाध्यक्ष विवेक रेग्मी निर्वाचित भएका छन्।

खुला सदस्यहरुमा चन्द्रकला चौधरी, जीवन विष्ट, रोहित कुलुङ राई, शिशिर भट्टराई, सविता पोखरेल (ज्योति), सिंह बहादुर मादेन, सुदीप पोखरेल र हिरण्य कुमार कार्की निर्वाचित भएका छन्। आदिवासी जनजाति कोटाबाट सदस्यमा विजयकुमार राई निर्वाचित भएका छन्

यस्तै, महिला सदस्यमा सीमा बस्नेत, दलित सदस्य विनोद विश्वकर्मा, मधेसी सदस्य सुरेन्द्र मेहता, समावेशी मुश्लिम अल्पसंख्यक सदस्यमा नशिम अन्सारी सर्वसम्मत निर्वाचित भएका छन्।