धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले शनिबार धरानमा कोरा राइड साइक्लिङ च्यालेन्ज आयोजना हुने भएको छ । 

पेडलर्स धरानले बुधबार पत्रकार सम्मेलन गरेर शनिबार देशभरका २ सय भन्दा बढी साइक्लिष्टहरु कोरा राइड च्यालेन्जमा सहभागी हुने जानकारी दिएको हो । आयोजक संस्थाका अध्यक्ष किशन मास्केका अनुसार राइडर्सहरुले नगरको धार्मिक तथा पर्यटकीयस्थलहरुको चेक पोइन्ट बनाएर साइकल र्याली हुनेछ । नेपालमा सन् २०११ देखि शुरु भएको कोरा राइड धरानमा भने सन् २०१७ देखि बर्षेनी हुदै आएको पनि उनले बताए ।

कोरा राइडमा धरानसँगै नेपालका अन्य सहरहरुबाट समेत गरि २ सय भन्दा बढी साइक्लिष्टहरु सहभागी हुनेछन् । शनिबार बिहान धरानको भानुचोकबाट शुरु भएको राइड विभिन्न चोक, धार्मिक तथा पर्यटकीयस्थलहरु हुदै धरान १७ स्थित साकेला पार्कमा पुगेर समापन हुनेछ । कोरा राइडको दुरी ३२ किलोमिटर रहेको संस्थाका सल्लाहकार विनयलाल श्रेष्ठले जानकारी दिए ।

kora ride copy

कोरा राइड च्यालेन्जको उद्घाटन निवर्मतमा मेयर तिलक राई, नेपाल प्रहरीका एसएसपी भीम दाहालबाट हुनेछ भने समापनमा प्रमुख अतिथि धरानका उपमेयर अइन्द्रबिक्रम बेघा हुने आयोजकले जानकारी दिएको छ । धरान बाहिरबाट सहभागी हुने साइक्लिष्टहरुलाई एक रातको आवास, रात्री खानाको पनि व्यवस्था गरिएको अध्यक्ष मास्केले बताए । 

सहभागीहरुमध्ये एक जनालाई लक्की ड्रमार्फत साइकल उपहार दिइनेछ । उक्त साइकलको स्पोन्सर एमटिभि अनिषले गरेका छन् । पत्रकार सम्मेलनमा गत बर्ष आयोजना भएको कोरा राइडको आयव्यय पनि सार्वजनिक गरिएको थियो । अध्यक्ष मास्केका अनुसार कुल १ लाख ५५ हजार ८ सय ५५ रुपैया आम्दानी भएको थियो भने १ लाख ४६ हजार ७ सय ३० रुपैया खर्च भएर ९ हजार १२५ रुपैया वचत भएको थियो । 

यसैगरि, सोही पत्रकार सम्मेलनमा नै साइक्लिष्ट र पत्रकारहरुलाई प्रदान गरिने टिसर्ट नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र आयोजक संस्थाका अध्यक्ष मास्केले सार्वजनिक गरेका थिए । 

भिडियो: