धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ मा आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) च्याम्पियन बनेको छ । 

धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा धरानकै प्रभात सेकेण्डरी बोर्डिङ स्कुललाई १–० को झिनो गोलअन्तरले हराउदै पुलिस च्याम्पियन बनेको हो । पुलिसलाई पहिलो पटक उपाधि दिलाउदा जर्सी नम्बर ७ का विकास मगर नायक सावित भए । उनले टिम क्याप्टेन जर्सी १० का समिर राईको पासमा डि बक्स बाहिरबाट गरेको प्रहार जाली चुमेको थियो । उक्त गोल नै फाइनल खेलको निर्णायक बन्यो । उनी फाइनलका म्यान अफ दि म्याच पनि घोषित हुदै नगद १ हजार ५ रुपैया हात पारे । 

police champion1 copy

विजेता पुलिसले उपाधि ट्रफीसँगै नगद ८१ हजार, मेडल र प्रमाणपत्र पनि हात पारेको छ । उपविजेता प्रभातले ट्रफी, नगद ४१ हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिस स्कुलका समिर राई घोषित भए । उनले ट्रफी र नगद ३ हजार ५ रुपैया हात पारे । प्रतियोगिताभरि ५ गोल गरेका समिरले हाई स्कोरर खेलाडी घोषित हुदै नगद २ हजार ५ रुपैया पनि थापे ।

यस्तै, बेष्ट कोच पुलिस स्कुलका सागर कार्की, बेष्ट मिडफिल्डर प्रभात स्कुलका जर्सी नं १० का नेम्साङ राई, बेष्ट डिफेन्डर प्रभात स्कुलका जर्सी नं २ का रिदम पाण्डे, बेष्ट गोलकिपर पुलिस स्कुलका जर्सी नं १६ सोनाहाङ राई र उदयीमान खेलाडी पुलिस स्कुल (निलो) का जर्सी नं २ का यारिन भुजेल घोषित भए । उनीहरुले जनही नगद २ हजार ५ पुरस्कार हात पारेका थिए ।

police runner up copy

विजेता तथा उपविजेता र व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं डिआइजी विनोद घिमिरे, धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष एसएसपी ज्ञानेन्द्रप्रसाद फुँयाल, पुलिस स्कुलकी प्राचार्य मनिका सुब्बा (राई), प्रतियोगिताका संयोजक एवं विद्यालय समादेशक प्रहरी निरीक्षक सुरेशकुमार हायु, राष्ट्रिय अनुसन्धान कोशी प्रदेश कार्यालय धरानका अनुसन्धान निर्देशक एवं डिआइजी इन्द्रसिंह लामालगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । 

police champoin copy

२०५८ सालदेखि शुरु भएको डिआइजिपी कप छैटौं सँस्करणसम्म आयोजना भएर २०६३ पछि रोकिएको थियो । करिब १९ बर्षपछि पुनः सञ्चालनमा आएको प्रतियोगितामा आयोजक पुलिस स्कुलले पहिलो पटक फाइनल खेल्दै नयाँ च्याम्पियन बनेको हो । छैटौं सँस्करणसम्म आयोजना हुँदा धरान १८ स्थित डिपोट माविले ५ पटक उपाधि उचालेको थियो भने एक पटक मोरङको उर्लाबारीस्थित राधिका मावि च्याम्पियन बनेको थियो । डिपोटले पहिलो, दोस्रो, तेस्रो, चौथो र छैटौं सँस्करण जितेको थियो भने पाँचौं सँस्करणमा उर्लाबारीको राधिका माविले उपाधि जितेको थियो ।

सबै तस्बिरहरु: उपेन्द्र चाम्लिङ

police high score

man of the match

police best defender copy

police rising

best gk copy

police best mid

police best defender copy