धरान: चारै जना पदाधिकारी र राजनीतिक दलका नेतृत्वहरु काठमाण्डौं गएर समस्याको निकास निकालेको हल्ला गरेपनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाँठो भने फुकिएको छैन । कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले शुक्रबार र शनिबार काठमाण्डौंस्थित सम्पर्क कार्यालयमा बोलाएको कार्यकारिणी समित ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी समिति (का.स.) बैठक दोस्रो दिन शनिबार पनि बस्न सकेन ।प्रतिष्ठानका चार जना मध्ये तीन पदाधिकारीहरु काठमाण्डौं नगएपछि बैठक बस्न नसकेको हो । कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले का.स.बैठक शुक्रबार दिउँसो ४ बजेको लागि प्रतिष्ठानको ...
धरान:मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कार्यकक्षमा लगाएको ताला खोलिदिएका छन् ।उच्च अदालत विराटनगरमा परेको रिट निवेदनमा अस्पतालमा उपचार सेवा अवरुद्ध हुने गरि बन्द, हड्ताल, तालाबन्दी नगर्नु नगराउनु भन्ने अन्तरिम आदेशसमेत जारी भएपछि शुक्रबार दिउँसो मेयर साम्पाङले ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी समिति (का.स.) बैठक काठमाण्डौंमा बस्ने भएपछि आन्दोलनरत शिक्षक तथा कर्मचारीहरु भड्किएका छन् । आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले का.स.बैठक प्रतिष्ठानको मुख्य कार्यालय धरानमै बसाउनुपर्ने र दुवै समाजका प्रतिनिधिला ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या हल गर्न तत्काल कार्यकारिणी समिति बैठक राख्न स्वास्थ्य मन्त्री र नेपाल सरकारका मुख्यसचिवले पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।बढुवा प्रक्रिया सुचारु नभएपछि शिक्षक र कर्मचारीहरुले पठनपाठन र उपचार सेवासमेत प्रभावित हुने गरि आन्दोलन चर्काएपछ ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका मेयर हर्क साम्पाङले कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाइदिएका छन् ।शिक्षक, कर्मचारीहरु आन्दोलनमा उत्रिएको बेला प्रतिष्ठानको समस्या समाधान गर्न छोडेर विदामा बसेका का.मु.उपकुलपति कार्कीको कार्यकक्षम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजदेखि ओपिडी सेवा ठप्प भएको छ । बढुवा प्रक्रिया सुचारु नभएपछि आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीहरुले आज बिहानसम्म दिएको अल्टिमेटममा पनि माग पुरा नभएपछि सेवा बहिष्कार गरेका छन् । उनीहरुले बिहानदेखि नै उपकुलपति कार्यालयअघि धर्नामा बसेका छन् ...
धरानः सचेत धराने समुहले शुक्रबार आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा २७६ जनाले परिक्षण गराएका छन् । धरान ११ गैरीगाउँस्थित आधारभुत स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा नेपाल नेत्रज्योति संघ, विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । शिविरमा स्थानीयबासी तथा ज्येष्ठ नागरिकहरुले निःशुल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनेट सदस्यसमेत रहेका मेयर हर्क साम्पाङले कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले राजिनामा दिनुपर्ने बताएका छन् ।प्रतिष्ठानको उपकुलपति कार्यालयमा तालाबन्दी गर्न शुक्रबार दिउँसो पुगेका मेयर साम्पाङले निर्णय गर्न नसक्ने उपकुलपति पदमा बसिरहन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले स्वास्थ्योपचार सेवा र पठनपाठन प्रभावित हुन नदिन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।रजिष्ट्रार संग्रौलाले आज शुक्रबार अपिल जारी गर्दे यस्तो आग्रह गरेका हुन् । शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले आ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित