धरान: उद्योगले फिर्ता नलगेपछि म्याद गुज्रिएको ठुलो परिणामको चिजवल नष्ट गरिन थालिएको छ । सोमबार धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा प्रहरी प्रशासन, उद्योग वाणिज्य संघसहितको टोलीले स्थलगत अनुगमन तथा मुचुल्का उठाएर नष्ट गर्ने प्रक्रिया अघि बढाइएको हो । धरान ९ स्थित बिएस फु ...
धरान: हरेक सोमबार बिहानै एक समुहले धरानमा शुरु गरेको पदयात्रासँगै फोहोर पनि संकलन गर्ने अभियान वाकिङ विथ क्लिनिङ एक सय हप्ता पुगेको छ । सेवक अभियानले शुरु गरेको यो अभियान आज (सोमबार) एक सय हप्ता पुगेको अवसरमा बिशेष कार्यक्रम आयोजना भएको छ । सय हप्ता पुगेको अवसरमा धरानको सिंहदेवी चोकबाट दन्तकाली मन्द ...
धरान: धरानका विभिन्न ४ वटा वडामा ९ सय भन्दा बढी घरपरिवार हाइटेन्सनबाट पीडित छन् । नेपाल विद्युत प्राधिकरणको ३३ केभि प्रसारणलाइनको कारण ज्यानसमेत जोखिममा भएको पीडितहरुको भनाई छ । करेन्ट लागेर केहीले ज्यानसमेत गुमाईसकेको हाइटेन्सन पीडित पहल समितिका सदस्य रुपेश मास्केले जानकारी दिए । उनका अनुसार ...
धरान: गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको लागि धरानमा प्रदेश १ स्तरीय छनौट प्रतियोगिता शुरु भएको छ । धरान १८ स्थित गल्फ कोर्षमा शुक्रबारदेखि दुई दिने छनौट प्रतियोगिता शुरु भएको हो । छनौट प्रतियोगिता जिल्ला तथा प्रदेश खेलकुद विकास समितिको आयोजना तथा नेपाल गल्फ संघ सुनसरीको संयोजनमा भएक ...
धरान: बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीले धरानको व्यवसाय तथा कारोबार अनिश्चितकालको लागि बन्द गरेको छ । पुर्वलिखित प्रतिवद्धता अनुसार बिहिबार (भदौ १६) गतेदेखि सेयर सदस्य, वचतकर्ता एवं लगानीकर्ताहरुलाई नगद वितरण गर्न आन्तरिक एवं बाह्य प्राविधिक समस्याले सम्भव नभएको भन्दै बराहले एक सुचना टाँसेर भानु ...
धरान: बराह सहकारी पीडित संघर्ष समितिले आफ्नो कारणले बराह बन्द नभएको प्रष्ट पारेको छ । संघर्ष समितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पीडितहरु पैसा लिन आउने र पैसा फिर्ता गर्न नसकेपछि बराहका सञ्चालकहरु आफैले नै बन्द गराएको जनाएको छ । ‘बराह हाम्रो कारणले होइन, उहाँहरु आफैले गर्दा बन्द गरेक ...
धरान: भदौ १६ गतेदेखि पैसा फिर्ता गर्न शुरु गर्ने लिखित करारनामा गरेका बराह सहकारीका सञ्चालक र संघर्ष समितिबीचको वार्ता असफल भएको छ । बराह पीडित संघर्ष समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै आइतबार (१२ गते) भएको वार्तामा भदौ १६ गते रकम वितरण गर्न नसक्ने कुरा बराह सञ्चालकहरुबाट आएको जानकारी दिएको ...
धरान: छिमेकी मुलुक भारतको असम राज्यबाट एक टोली सद्भावना नेपाल यात्राको क्रममा धरान आइपुगेका छन् । असम राज्यको कर्बि अङलङका आदिबासीहरु धरान आइपुगेका हुन् । उनीहरु आफ्नो पुर्खाको सँस्कार अनुसार संखुवासभा जिल्लामा हिमाल देख्ने ठाउँमा पूजा गरिसकेर धरान फर्किएका थिए । त्यसक्रममा सोमबार धरानमा उनीहर ...
धरान: धरान वडा नं ८ स्थित दुर्गापथमा शनिबार वृहत सरसफाई कार्यक्रम आयोजना भएको छ । दुुर्गापथ टोल विकास संस्थाको आयोजनामा वृहत सरसफाई कार्यक्रम भएको हो । उक्त कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाको पनि बिशेष सहभागिता रहेको थियो भने सेवक अभियानको टोली पनि पदयात्रा गर्दै सरसफ ...
धरान: नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङ शनिबार सर्दु खोलामा श्रमदान गर्न पुगेका छन् । नेता तामाङले बेलायतबाट बुबा रामबहादुर गोले तामाङले पठाइदिएको नगद १५ हजार रुपैया पनि हस्तान्तरण गरेका थिए । खानेपानी अभियान तथा वृक्षारोपण गरिएको विरुवामा पानी सिचाईको लागि पा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित