धरान: भारतको बेङ्लोरबाट आएका लाहानका एक युवाको थ्रोट स्वाब लिएर क्वारेन्टाइन मोरङको टाँडी पठाइएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको थ्रोट स्वाब लिएर क्वारेन्टाइनमा पठाइएको हो । प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहका अनुसार बेङ्लोरबाट आएका ती युवालाई ज्वरो आइरहेकोले स्वाब लिएपछि क्वारेनटाइनमा पठाइएको हो ।

ती युवालाई प्रतिष्ठानले क्वारेन्टाइनमा पठाउने निर्णय लिएपछि उनलाई एम्बुलेन्समा राखेर प्रहरी स्कर्टिङसहित क्वारेन्टाइनमा पठाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । ती युवा ६ दिन अघि बेङ्लोरबाट लाहान घर आएका थिए । घर आएका उनलाई ज्वरो आएपछि आज वीपी प्रतिष्ठान ल्याइएको थियो ।