काठमाडौँ: नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर नयाँ संक्रमित व्यक्ति भेटिएको जानकारी दिएको हो ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सेती प्रादेशिक अस्पताल धनगढीमा ती संक्रमित व्यक्ति उपचाररत रहेको जानकारी दिए ।
ती व्यक्ति दुबईबाट फर्किएका थिए । उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए भने उनको स्वाबको नमुना शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको हो । अरु पनि संक्रमित व्यक्ति हुन सक्ने भएकोले क्वारेन्टाइनमा बस्न देवकोटाले अनुरोधसमेत गरेका छन् ।