इटहरीः सुनसरीका स्थानीय पालिकाहरुले कोरोना प्रभावित विरामी लक्षित पूर्वसतर्कतालाई तीव्रता दिइरहेका बेला इटहरी उपमहानगरपालिकाले आजसम्म ६३ वेडको क्वारेन्टाइन तयार पारेको छ ।

इटहरी उपमहानगरपालिकाले २ सय वेडको क्वारेन्टाइन बनाउने क्रम जारी राखेको छ भने बजार क्षेत्रको आपुर्ती व्यवस्थालाई सहज बनाउन निजी क्षेत्रसँग समन्वय पनि गरिरहेको छ । इटहरीको एक मात्र सरकारी क्याम्पस जनता बहुुमुखी क्याम्पसलाई क्वारेन्टाइन बनाउने काम अघि बढाइएको छ । मापदण्ड अनुरुप नै आजसम्म ६३ वेडको क्वारेन्टाइन निर्माण भइसकेको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनले विभिन्न संस्थाहरुको सहयोगमा बाँकी काम पनि अघि बढाइएको बताइन् ।

उपप्रमुख गौतमका अनुसार निजी स्वास्थ्य संस्था र व्यवसायीको पहलमा मेडिकल वेडको व्यवस्था गरिएको हो । सरकारले तय गरेको मापदण्ड अनुरुप बनिरहेको उक्त क्वारेन्टाइन निर्माण सम्पन्न भएपछि नेपाली सेनालाई हस्ताण्तरण गरिनेछ । आवश्यक सम्पुुर्ण सामाग्री व्यवस्थापनको काम स्थानीय सरकारले गर्छ भने सेनाको निगरानीमा स्वास्थ्यकर्मीको टोली रहन्छ । नगरक्षेत्र भित्रका कोही व्यक्ति कोराना संक्रमणको आशंकय लागेमा चिकित्सकको निगरानीमा उक्त क्वोन्टाइन्मा १४ दिनसम्म बस्नुुपर्नेछ ।

iti-qua

यतानगर क्षेत्रका सम्पुुर्ण दलहरुको बैठक बसेर नगरक्षेत्र भित्र रहेकय करिब १० हजार निम्न वर्गका व्यक्तिलाई तत्काल सहयोग जुुटाउन स्थानीय सरकारलाई सुुझाव दिएको छ । नेकपा इटहरी उपमहानगर कमिटिका अध्यक्ष ज्वाला सिंह तामाङका अनुसार उक्त सुझाव कार्यान्वयन गराउन सम्पुुुर्ण दलहरुले सहयोग गर्ने र वडातहमा विदेशबाट आएका व्यक्तिको पहिचानका लागि काम अघि बढाउन समेत बैठकले सुझाव दिएको छ । सोही सुुझावलाई मध्यनगर गरेर मेयर द्धारिकलाल चौधरीको नेतृत्वमा भोली नगरपालिकामा बैठक बसेर निम्नि वर्गका व्यक्तिलाई कसरी खाद्यान्न उपलब्ध गराउने भन्ने संयन्त्रको निर्माण गर्नेछ ।

इटहरी उपमहानगरपालिका क्षेत्रभित्रको आपूर्ती सहजताको लागि निजी क्षेत्रलेसमेत तयारी तीव्र पारेको छ । स्थानीय सरकार र स्थानीय प्रशासनसँगको समन्वयमा केही सपिङ कम्प्लेक्सले अनलाइन अर्डरसहितको होम डेलिभर शुरु गर्ने तयारी थालिसकेका छन् भने खाद्यान्न लगायत अत्यावश्यक सामाग्रीको आपुर्तीकय लागि निजी क्षेत्र तयार रहेको इटहरी उद्योग वाणिज्य संघका महासचिव पिताम्वर पोख्रेलले जानकारी दिएका छन् ।

itri-janata-campus