धरान: धरान उपमहानगरपालिका वडा नं १ का एक युवामा पनि आज कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै आज धरानमा २ जना संक्रमित थपिएका छन् भने कुल संख्या २८ पुगेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १ का २० बर्षीय युवामा पनि संक्रमण पुष्टि भएको हो । यसअघि संक्रमण पुष्टि भएकाको कन्ट्याक ट्रेसिङको आधारमा उनको स्वाब संकलन गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको मेहताले जानकारी दिए ।  उनको घर धरान उच्च मावि नजिकै रहेको छ ।

यसअघि आजै बिहान धरान १५ का एक व्यक्तिमा पनि संक्रमण पुष्टि भएको थियो । उनको पनि कन्ट्याक ट्रेसिङबाट स्वाब संकलन गरिएको थियो । यस्तै, धरान १८ ठेगाना भएका एक व्यक्तिको पनि कोरोना पोजेटिभ देखिएको छ । तर, ती व्यक्ति धरानको नभै प्रदेश २ जितपुर, बाराको भएको खुलेको छ । उनी हिजो(सोमबार) धरान आएको र सिधै वीपी प्रतिष्ठान जचाउन पुगेकोले कोहीसँग कन्ट्याक नभएको पनि स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए ।