इटहरीः इटहरी उपमहानगरपालिकाले ५ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।

भर्खरै सम्पन्न भएको नगरस्तरीय सिसिएमसीको बैठकले इटहरी बजार क्षेत्रमा ५ दिन कडा लकडाउन गर्ने निर्णय भएको मेयर द्वारिकलाल चौधरीले जानकारी दिएका छन् । मेयर चौधरीका अनुसार औद्योगिक क्षेत्रमा भने लकडाउन हुने छैन । तर, स्वास्थ्यका न्यूनतम मापदण्ड भने अनिवार्य पुरा गर्नुपर्ने ।

नगरका वडाअध्यक्षहरूको सल्लाहाबमोजिम लकडाउन गर्ने नगरको योजनाबनेको छ । वडाअध्यक्षहरूले जनताको माग इटहरीमा लकडाउन नै गर्ने रहेको भन्दै लकडाउन गर्न मेयर, उपमेयरलाइ दबाब दिएका थिए । बजारमा अतिआवश्यकीय वस्तु बेच्न भने पाइने छ । तर, भिडभाड गर्न बन्देज लगाइएको छ । लकडाउन उल्लंङघन गर्नेलाई संक्रमण रोग ऐन अन्तर्गत कारवाही हुने बताइएको छ ।