धरान: सुनसरीको दुहबी नगरपालिकाले बजार क्षेत्र र नगरपालिका कार्यालय सिल गर्ने निर्णय गरेको छ ।

दुहबीमा आज ४ जना कोरोना संक्रमित पुष्टि भएको छ । ती मध्ये एक जना कर्मचारी पनि हुन् । नगर प्रमुख बेदनारायण गच्छदारको अध्यक्षतामा बसेको कोभिड १९ आपतकालिन व्यवस्थापन समिति बैठकले यस्तो निर्णय गरेको हो । सुनसरीको दुहबी नगरपालिकाले आजदेखि औषधी पसल र खाद्यान्न बिहान ८ बजेदेखि १ बजेसम्म मात्र खोल्न दिने निर्णय गर्दै अन्य पसल तथा व्यवसायहरु पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको सुचना अधिकारी युवराज चौधरीले जानकारी दिए । उनका अनुसार यो निर्णय आज(साउन २०) गतेदेखि भदौ २ गतेसम्म लागु हुनेछ । यो निर्णय उल्लंघन गरेमा प्रतिपटक ५ हजार जरिवाना गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, नगरपालिका र वडा कार्यालयको अतिआवश्यक सेवाबाहेक सबै सेवाहरु साउन २६ गतेसम्मको लागि बन्द गर्ने निर्णय भएको छ । आज दुहबीमा पोजेटिभ देखिएका ४ जना मध्ये एक जना कर्मचारी पनि भएकोले यस्तो निर्णय गरिएको सुचना अधिकारी चौधरीले जानकारी दिए । उनका अनुसार सबै कर्मचारीहरु होम क्वारेन्टाइनमा बस्ने र पिसिआर टेष्ट गर्ने पनि निर्णय भएको छ ।

duhabi-decissin