धरान: कोरोना संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएपछि धरानमा आजदेखि पुनःदोस्रो पटक लकडाउन शुरु भएको छ ।

कार्यपालिका बैठकले साउन २८ गते राती १२ बजेसम्म लकडाउन गरेको छ भने जिल्ला प्रशासन कार्यालयले पनि निषेधाज्ञा जारी गरिसकेको छ । यसअघि संघीय सरकारले पनि लकडाउन गर्दाको अनुभव नगरबासीहरुले गरेका थिए । त्यसबेला भने व्यापक उल्लंघन भएको थियो । तर, यसपाली अत्यन्तै कडा लकडाउन गरिने स्थानीय सरकार, प्रहरी एवं प्रशासनले जनाएको छ । यसपटकको लकडाउनमा औषधी पसलबाहेक कुनै पनि पसल खोल्न दिइने छैन भने एम्बुलेन्स, शववाहन, सफाईबाहेक कुनै पनि सवारी चल्न नदिइने भनिएको छ । तरकारी र खाद्यान्न पसल पनि बन्द नै रहनेछ ।

भिडियो:

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले प्रहरीले लकडाउनलाई पुर्णरुपमा लागु गर्न सबैतिर खटिरहेको बताए । मानिसहरु बाहिर निस्किरहेको अवस्थामा भेटिएको पनि उनले बताए । ‘अलि अलि निस्किरहेकै छन्, कसैलाई सम्झाउदैछौं, कसैलाई लखेटीरहेका छौं,’उनले भने । आज दुधको एउटा गाडी धरान प्रवेश गरेको थियो भने पसलहरुमा बाहिर दुध बिक्री भइरहेको थियो । भोलीदेखि भने प्रवेश गर्न नै नदिइने डिएसपी बस्नेतले बताए ।

lock-down lock-down2 lock-down-3 lock-down-8 lock-down-7 lock-down-5 lock-down4 lock-down6 lockdown9lock-down-milk lock-down-milk1