धरानः सुनसरी जिल्ला प्रशासनले जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले क्लिक धरानलाई दिएको जानकारी अनुसार अब जिल्ला भरीका सबै पालिकामा यो नियम लागु हुनेछ । प्रशासनले यसअघि पनि निषेधाज्ञा लागु गरेको थियो । अब प्रशासनले पासबाहेकका सवारी चलाउन पाइने छैन । यो नियम आज राती १२ बजेदेखि लागु हुनेछ ।

कोभिड १९ को जोखिम कम नभएको र केही पालिकाले लकडाउन गर्ने निर्णय गरेपछि यसलाई बल पुर्याउन थप सहयोग मिल्ने गरी यस्तो निर्णय गरिएको प्रजिअ पोख्रेलको भनाइ छ । नेपाल सरकारले जारी गरेको कोभिड १९ सम्बन्धि स्वास्थ्य प्रोटोकल अपनाएर औद्योगिक क्षेत्र भने खुल्ला गर्न पाइनेछ ।