धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ ।

जनकपुरबाट रिफर भएर आएका २५ बर्षीय युवाको हिजो राती १० बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार नियमित डाइलाइसिस गराउनुपर्ने विरामी भएको र यहाँ आइपुग्दा सिकिस्त अवस्थामा थिए ।

‘२ बर्षदेखि हप्तामा २, ३ पटक डाइलाइसिस गराउदै गरेका विरामी रहेछन् । उनलाई पोजेटिभ देखिएको थियो,’डा.सापकोटाले भने,‘रिफर भएर हिजो साँझ वीपी आइपुगेका थिए, राती डाइलाइसिसकै क्रममा मृत्यु भयो ।’ मृतक सिरहाको गोलबजार निवासी हुन् । मृतकको शव पठाउनको लागि आवश्यक समन्वय भइरहेको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।