धरान: धरानमा बुधबारदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । 

धरानको २० वटै वडामा एक एक दिन खोप केन्द्र तोकेर जोन्सन खोप लगाइने भएको हो । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै धरानको लागि ५ हजार डोज खोप आएको जानकारी दिएको छ । महाशाखा प्रमुख प्रमुख उमेश मेहताका अनुसार साउन २०, २१ र २२ गते खोप कार्यक्रम सञ्चालन हुनेछ । विगतमा ७ वटा मात्र खोप केन्द्रमा सबै वडाका लक्षित समुहलाई खोप लगाइने गरेको थियो । यसपटकदेखि भने खोप कार्यक्रमलाई व्यवस्थित गर्न एक एक दिन अलग अलग वडामा खोप कार्यक्रम सञ्चालन हुनेछ । 

स्वास्थ्य महाशाखाका अनुसार २० गते बुधबार वडा २ को लागि सिंहदेवीस्थित पुरानो बालिका स्कुल, वडा ३ को लागि भानु स्मृति मावि, वडा नं ४ को लागि हर्दियास्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा नं ६ को लागि पानवारीस्थित सरस्वती मावि, वडा नं ७ को लागि सिद्धि नेवाः परिषद, वडा नं ९ को लागि समिट मावि र वडा १० को लागि सैनिक भवनमा केन्द्र रहनेछ । 

umesh mehta

यस्तै, २१ गते बिहिबार वडा नं ११ को लागि ज्ञानोदय मावि, वडा १२ को लागि पब्लिक हाई स्कुल, वडा १४ को लागि दन्तकाली मावि, वडा १६ को लािग चन्द्र सँस्कृति मावि, वडा १७ को लागि पञ्चायत मावि रेल्वे र वडा १९ को लागि किरातेश्वर माविमा खोप केन्द्र रहनेछ । यसैगरि, अन्तिम दिन वडा नं १ को लागि छाताचोकस्थित धरान स्वास्थ्य चौकी, वडा ८ को लागि सभागृह, वडा ५ को लागि पाँचकञ्या स्वास्थ्य चौकी, वडा १३ को लागि आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं १३, वडा नं १५ को लागि पुर्वाञ्चल ज्ञान चक्षु विद्यालय, वडा १८ को लागि कार्मेल हाई स्कुल र वडा नं २० को लागि विष्णुपादुका स्वास्थ्य चौकीमा खोप केन्द्र रहनेछ । 

जोन्सन खोप धरानमा बसोबास गर्ने ५० बर्षदेखि ५४ बर्षसम्मका नागरिकहरुले लगाउन पाउनेछन् भने अतिअपांग तथा पुर्ण अपांग (रातो र निलो कार्ड) भएका व्यक्तिहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुले पनि खोप लगाउने पाउनेछन् । साथै, विदेश जाने र वैदेशिक रोजगारीमा जानेहरुलाई पासपोर्ट र भिषाको फोटोकपीको आधारमा खोप लगाउन पाउनेछन् ।  

khop1


भिडियो: