धरान: धरानको कुल खसेको मतमध्ये हालसम्म ५ हजार ६०६ मतको परिणाम सार्वजनिक भएको छ । 

वडा नं १, २ र ३ को मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ भने वडा नं ४ को २ सय मतको नतिजा मात्र सार्वजनिक भएको छ । हालसम्म ५६०६ मतगणना सकिदा गठबन्धनका उम्मेद्वार किशोर राई र स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङबीच प्रतिस्पर्धा रहेको छ । साम्पाङभन्दा राई ६०८ मतले अगाडि छन् ।

सार्वजनिक गरिएको मतपरिणाम अनुसार किशोर राईले २०५७ मत पाएका छन् । उनले वडा १ बाट ७१४, वडा २ बाट ५४८ र वडा ३ बाट ७२० मत पाएका छन् भने वडा २ को २ सय मतगणना हुँदा ७५ मत पाएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १४४९ मत पाएका छन् । उनले वडा १ बाट ५२९, वडा २ बाट ३७९ र वडा ३ बाट ५१४ मत पाएका छन् भने वडा ४ को २ सय मत गणना हुँदा २७ मत पाएका छन् ।

एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ११०५ मत पाएकी छिन् । उनले वडा १ बाट ३२०, वडा २ बाट ३७५ र वडा ३ मा ४०७ मत पाएकी छिन् । वडा ४ को २ सय मतगणना हुँदा उनले ७१ मत पाएकी छिन् । 

उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले २२१९ मत पाएका छन् । उनले वडा १ बाट ६५५, वडा २ बाट ६६९ र वडा ३ बाट ८२३ मत पाएका छन् भने वडा ४ को २ सय मतगणना हुँदा ७२ मत पाएका छन् । उपमेयरमा एमालेका उम्मेद्वार पदम इस्वोले १३५४ मत पाएका छन् । उनले वडा १ बाट ३२०, वडा २ मा ३७५ र वडा ३ मा ४९७ मत पाएका छन् । वडा ४ को २ सय मतगणना हुदा उनले ९८ मत पाएका छन् ।