धरान: धरानको वडा नं ४ र ५ को मतगणना जारी छ । हालसम्म यी दुई वडाको ४÷४ सय मतको परिणाम सार्वजनिक भएको छ ।
वडा नं ४ मा चार सय मत गणना हुँदा वडाअध्यक्षमा एमालेका धनबहादुर कुलुङले २१८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका चन्द्र कुलुङले ११५ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष मानबहादुर राईले ३० मत पाएका छन् ।
वडा ४ मा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले १३७ मत पाएका छन् भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले १५४ र स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ४४ मत पाएका छन् । यस्तै, उपमेयरमा एमालेका उम्मेद्वार पदम इस्वोले २०१ मत पाएका छन् भने गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले १३१ मत पाएका छन् ।
यसैगरि, वडा नं ५ मा ४ सय मतगणना हुँदा एमालेका वडाअध्यक्ष मनप्रसाद लिम्बुले १५७ मत पाएका छन् भने कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले १२५ मत पाएका छन् ।
यस्तै, वडा ५ मा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले १३२, एमालेकी मञ्जु भण्डारीले १०९ र स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ७६ मत पाएका छन् । उपमेयरमा एमालेका अइन्द्रबिक्रम बेघाले १३८, गठबन्धनका अइन्द्रबिक्रम बेघाले १३० मत पाएका छन् ।