धरान: सुनसरी जिल्लामा आज ८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । पुष्टि भएका सबै पुरुष हुन् ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दुहबीमा ४ जना, धरानमा २ जना, इटहरी र इनरुवामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कोशी कोभिड अस्पताल विराटनगर र गोठगाउँस्थित आइसोलेसनमा पठाइएको जनस्वास्थ्य अधिकृत दिक्षा श्रेष्ठले जानकारी दिइन् । सुनसरीमा आजसम्म १५५ जनामा संक्रमण पुष्टि भएको छ भने ती मध्ये ११६ जना उपचार भई घर फर्किएका छन् ।